नेकपा दाङद्वारा जवस/मोर्चाको संयुक्त भेला सम्पन्न

नेकपा दाङद्वारा जवस/मोर्चाको संयुक्त भेला सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी गढवा गाउँ कमिटीको आयोजनामा पार्टी निकट जवस/मोर्चाको संयुक्त पालिका स्तरीय भेला सम्पन्न भएको छ ।

संयुक्त भेलाले घिसोर चौधरीको अध्यक्षतामा राष्ट्रिय थारु मुक्ति मोर्चाको ९ सदस्यीय पालिका स्तरीय कमिटी गठन गरेको छ । यस्तै मधेसी मुक्ति मोर्चा गढवा गाउँ कमिटीमा जगदीश यादवको संयोजकत्वमा १३ सदस्यीय कमिटी चयन गरेको बताइएको छ ।

भेलाले अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ गढवा गाउँ कमिटीमा ओम नारायण चौधरीको अध्यक्षतामा ९ सदस्यीय कमिटी चयन गरेको छ । यस्तै बुद्धि परियारको अध्यक्षतामा ९ सदस्यीय श्रमिक समुदाय मोर्चाको पालिका स्तरीय कमिटी चयन गरेको हो भने मीनबहादुर मगरको संयोजकत्वमा ७ सदस्यीय मगर मुक्ति मोर्चा गढवा गाउँ कमिटी चयन गरेको जनाइएको छ ।

नेकपा बिशेष कमिटी सदस्य बिक्रमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा लमही नगर इन्चार्ज जनक, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश खगेन्द्र पौडेल, केन्द्रीय समिति सदस्य सञ्जय, सङ्गठनका पाल्पा जिल्ला संयोजक राजिव भट्टराई, नेकपा दाङ जिल्ला सदस्य यज्ञ, नेकपा दाङ जिल्ला सल्लाहकार समिति सदस्य मानबहादुर बोगटीको आतिथ्य रहेको थियो ।

जगदीश यादवको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लोकमनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :