उदयपुरमा जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा विस्तार अभियान

उदयपुरमा जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा विस्तार अभियान

उदयपुर : जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा विस्तार अभियान सफल पारौँ भन्ने मूल नाराका साथ युवा सङ्गठन नेपालले केन्द्रीय अभियानलाई निरन्तर सञ्चालन गरिरहेको छ ।

त्यही शिलशिलामा तीन नम्बर टोलीको टिम ‘ए’ ले पुस १८ गते उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ७ सहरेमा दुर्गानन्द चौधरीको संयोजकत्वमा ९ सदस्यीय युवा सङ्गठन नेपाल टोल इकाई कमिटी, सानी मगरको संयोजकत्वमा ५ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गठन गरेको छ । त्यस्तै त्रीयुगा नगरपालिका ७ सहरेमा नै नरबहादुर मगरको संयोजकत्वमा ५ जना अखिल नेपाल किसान महासंघ र गणेश मगरको संयोजकत्वमा ३ जना सल्लाहकार समिति गठन गरिएको छ ।

सोही तीन नम्बर टोलीको टिम ‘ए’ ले पुस १८ गते उदयपुर जिल्ला त्रियुगा नगरपालिका ७ जनज्योति मा.बि.मा ओम स्माली मगरको संयोजकत्वमा ९ सदस्यीय अखिल क्रान्तिकारी मुल इकाई कमिटी, त्रीयुगा नगरपालिका ७ होक्सेमा मनमाया परियारको संयोजकत्वमा ५ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) टोल कमिटी, पवन राइको संयोजकत्वमा १ जना सल्लाहकारसहित ५ सदस्यीय अखिल नेपाल किसान महासंघ र त्रीयुगा नगरपालिका ७ होक्सेमै थमनसिंङ राना मगरको संयोजकत्वमा ३ सदस्यीय अखिल नेपाल किसान महासंघ टोल कमिटी गठन गरेको छ भने भित्तेलेखन सोही ठाउँमा २०÷२५ वटा नाराहरू लेखेको छ र जनताको घरमा दाउरा चिरी अभियान टोलीले जनश्रमदान भब्य रूपमा गरेको छ ।

कार्यक्रममा पार्टी नगर कमिटी इन्चार्ज मीनप्रसाद पोख्रेल, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य सङ्कर भुजेल, लगायत अभियान टोलीको उपस्थिति रहेको थियो । युवा सङ्गठन नेपालले पुर्वी नेपालमा सञ्चालन गरिरहेको जनमतसङ्ग्रहको लागि सङ्गठन सुदृढ तथा बिस्तार अभियान अन्तरगत ३ नम्बर टोलीको टिम ‘सी’ ले अभियानको क्रममा बेलाका नगरपालिका ९ रामपुर बजार खानेपानी गुणस्तरीय सुधार आयोजनाको मुल तथा इन्टेक र पानी ट्याङ्की वरिपरिको झाडी तथा फोहोरहरू सरसफाई गरेको छ । २३० जना उपभोक्ताहरू सहित सामूहिक श्रम गरि जनतासँग हात्तेमालो गरेको हो ।

श्रमदान कार्यक्रममा सङ्गठनका केन्द्रीय सचिव तिलक योगी, केन्द्रीय सचिवालय सदस्य तथा तीन नम्बर टिम प्रमुख हरि बस्नेत, केन्द्रीय सदस्यहरू बिबेक, कबिता, अजय पार्टी जिल्ला कमिटी सदस्य रिता राई लगायत अभियान टोलीको सहभागिता रहेको थियो ।

युवा सङ्गठन नेपालले पुर्वी नेपालमा सञ्चालन गरिरहेको जनमतसङ्ग्रहको लागि सङ्गठन सुदृढ तथा बिस्तार अभियान अन्तरगत ३ नम्बर टोलीको टिम ‘बी’ ले रौतामाई गाउँपालिका ४ मालमासेमा काँङ्ग्रेस र माओवादी केन्द्रबाट ध्रुवीकरण गरि शेरबहादुर बिसुङ्खे सेक्रेटरी रहेको ७ सदस्यीय सेल कमिटी गठन गरेको छ, त्यस्तै रौतामाई गाउँपालिका ४ को श्री सरस्वती मा. बि. मा मनोज दुलालको अध्यक्षतामा ९ सदस्यीय अखिल (क्रान्तिकारी) मुल इकाई कमिटी गठन भएको छ । कार्यक्रममा नेकपा जिल्ला सदस्य तथा रौतामाई गाउँपालिका सेक्रेटरी मानबहादुर दनुवार, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्यहरू बसन्त श्रीस र डिल्ली रमण वली सहितको अभियान टोलीको सहभागिता रहेको थियो । यसै सन्दर्भमा उदयपुर जिल्लाका ८ वटै पालिकामा जनमतसङ्ग्रहको लागि सङ्गठन सुदृढ तथा बिस्तार अभियानमा जिल्लाका नेता कार्यकर्ताहरू ब्यापक रूपमा खटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :