वैज्ञानिक समाजवादका लागि जनमतसंग्रहको माहोल बनाउनु होस् : प्रकाण्ड

वैज्ञानिक समाजवादका लागि जनमतसंग्रहको माहोल बनाउनु होस् : प्रकाण्ड

सुर्खेतः नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडग् बहादुर विश्वकर्मा प्रकाण्डले जनमसंग्रहको चुनावको लागि जनतामा माहोल बनाउन निर्देशन दिएका छन् ।

जिल्ला समिति सुर्खेतको १७ औं पूर्ण बैठकलाई आइतबार सम्बोधन गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले यस्तो निर्देशन दिएका हुन् । उनले अहिलेको दलाल संसदीय व्यवस्था पूर्ण रुपमा जनतामा नकाम सावित भइसकेको र जनताले नयाँ विकल्प चाहेको बताए । उनले भने, “अब संसदीय व्यवस्था र त्यसको संरक्षण गर्ने संसदीय चुनाव होइन, जनताको वैज्ञानिक समाजवाद चाहियो । नयाँ विकल्पका लागि तपाईहरु जनतामा जानुहोस्, वैज्ञानिक समाजवादको लागि जनमतसंग्रहको चुनावको वातावरण बनाउनु होस् ।”

उनले पार्टीले गरेको तीन बुँदे सहमति देश र जनताको हितमा भएको जिकिर गर्दै आफ्नो पार्टी आत्मसमर्पण गरेर, जनताको एजेण्डा छोडेर नआएको प्रष्ट्याए । बरु सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरेर देश र जनताप्रति बेइमान गरेको टिप्पणी गर्दै सरकारलाइै तीन बुँदे सहमति यथाशिघ्र कार्यान्वयन गर्न आग्रह गरे । बैठकमा नेकपाका केन्द्रीय सदस्य एटमले पार्टीमा सानातिना समस्या आउने गरे पनि त्यसलाई समाधान गरेर अगाडि बढ्नु क्रान्तिकारी रुपान्तरण हुने बताए ।
बैठकले राष्ट्रघाती एमसीसी सम्झौता खारेजीका लागि जनचेतना फैलाउदै आन्दोलित गर्ने,जनमसंग्रहको माहोल बनाउने, जनतामा अभियानात्मक रुपमा जाने, संगठन सुदृढ र विस्तार गर्ने, राष्ट्रिय महाधिवेशनको तयारीमा लाग्ने, जनताका बिचमा हुने भ्रटाचार, अनियमिता लगायतका खराबी विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । नेकपा सुर्खेतका जिल्ला सेक्रेटरी ध्रुबको अध्यक्षतामा बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :