जनगणतान्त्रिक सम्पर्क मञ्चको संयुक्त जिल्ला भेला सम्पन्न

जनगणतान्त्रिक सम्पर्क मञ्चको संयुक्त जिल्ला भेला सम्पन्न

 

जनगणतान्त्रिक सम्पर्क मञ्च अन्तरर्गत कालिकोट काठमाडौँ सम्पर्क मञ्च, कञ्चनपुर काठमाडौँ सम्पर्क मञ्च र बर्दिया काठमाडौ सम्पर्क मञ्चको संयुक्त जिल्ला भेला शनिबार त्रिचन्द्र क्याम्पस घण्टाघर काठमाडौमा सम्पन्न भएको छ । उक्त जिल्ला भेलाको उद्धघाटन नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मञ्चका फ्रयाक्सन इन्चार्ज चिरन पुन “मिलन”ले संयुक्त रुपमा गरे । उद्धघाटन मन्तव्य राख्दै उनले आज देशमा दलाल
पुँजिवादी राज्यसत्ताले निरन्तर जनघात, राष्ट्रघात लादिरहेको र राष्ट्रघातको
पछिल्लो कडीका रुपमा एमसीसी परियोजनाको षड्यन्त्र आएको बताए । एमसीसी परियोजनामार्फत अमेरिका नेपालको स्वाधीनतामाथि गिद्धे दृष्टिकोण राखिरहेको बताउदै उनले देशको सार्वभौम अधिकार, आर्थिक, राजनीतिक, सामरिक र रणनैतिक परिवेशमा हस्तक्षेप र आफ्नो अधिनायकवाद लागु गर्न खोजिरहेकाले यसलाई कुनै पनि हालतमा खारेज गर्नुपर्ने बताए ।

३ बुँदे सहमतिमार्फत पार्टी सरकारसँग वार्ता गरेर शान्ति प्रकृयामा आएको तर दलाल सरकारले ३ बुँदे सहमति कार्यन्वयन गर्न आनाकानी र षड्यन्त्र गर्ने तरखरमा रहेको आभास भएको स्पस्ट पारे । विभिन्न षड्यन्त्र गरेर जनताको अधिकारलाई कुन्ठित पर्न खोजे त्यसको परिणाम भयानक हुने उनले चेतावनी दिए ।

उनले भने,`सरकार इमान्दार बनोस्, हाम्रो पार्टी इमान्दारपूर्वक लागिरहेको छ । षड्यन्त्र गरे त्यो षड्यन्त्रलाई जनताले चकनाचुर पारिदिने छन् ।`

संयुक्त जिल्ला भेला सफलताको शुभकामना दिने अन्य वक्ताहरुमा जनगणतान्त्रिक सम्पर्क मञ्चको केन्द्रीय अध्यक्ष रत्न मगर, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य दयाराम लुहार तथा रामदेव भट्ट थिए । संयुक्त जिल्ला भेलामा जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय महासचिव पुर्ण श्रेष्ठ, सचिवद्धय सुशिल बलम्पाकी, खेम प्रधान,
कोषाध्यक्ष नरेन्द्र थापाको अतिथिका रुपमा उपस्थिती रहेको थियो । कञ्चनपुर काठमाडौ सम्पर्क मञ्चका संयोजक दिपेश नागरिकको अध्यक्षतामा भएको संयुक्त जिल्ला भेलाको स्वागत बर्दिया काठमाडौ सम्पर्क मञ्चका संयोजक विमल थापाले राखेका थिए भने कार्यक्रमको संचालन कालिकोट काठमाडौ सम्पर्क मञ्चका गणेशबहादुर विकले गरेका थिए ।
संयुक्त जिल्ला भेलाले तीन ओटै जिल्लाको सम्पर्क समिति गठन गरेको छ । १५ सदस्यीय सदस्यीय कालिकोट काठमाडौ सम्पर्क समिति गठन गरेको छ । जसमा अध्यक्ष पदम रावत, उपाध्यक्ष गणेशबहादुर विक, सचिव मोहनसिंह तिरुवा, कोषाध्यक्ष विरेन्द्र लुवार, सदस्यहरुमा विरेन्द्रटक लुहार, रत्न सुनार लगाएत रहेका छन् ।
त्यस्तै कञ्चनपुर काठमाडौ सम्पर्क समितिको ११ सदस्यीय समिति बनेको छ । जसको अध्यक्षमा दिपेश नागरी, उपाध्यक्ष रागव विष्ट, सचिव मनोज नागरी र सदस्यहरुमा रामदेव भटट, निरज विष्ट, सरोज नागरी, शुरेश विक लगायत
रहेका छन् । बर्दिया काठमाडौ सम्पर्क समितिको १३ सदस्यीय समिति बनेको छ । जसमा अध्यक्ष विमल थापा, उपाध्यक्ष शुरेश थापा, सचिव रत्न चौधरी, कोषाध्यक्ष गगनसिंह, सदस्यहरु मनिस कुमाल, तेजेन्द्र परियार, जनक चौधरी
लगायत रहेका छन् ।

जनगणतान्त्रिक सम्पर्क मञ्चको तेश्रो राष्ट्रिय सम्मेलनको आगामी माघ ८ र ९ गते काठमाडौमा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :