अखिल नेपाल क्रान्तिकारी ढुवानी मजदुर सङ्घ चितवनको भेला सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ढुवानी मजदुर सङ्घ चितवनको भेला सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ढुवानी मजदुर सङ्घ जिल्ला समिति चितवनको भेला सम्पन्न भएको छ । भेलाले मनोज परियारको नेतृत्वमा ३५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि विशेष समिति सदस्य तथा फ्याक्सन इन्चार्ज ध्रुव खड्काले अहिलेको वर्तमान अवस्थामा सबैभन्दा बढी अन्यायमा मजदुरहरू परेका छन्, त्यसैले आफ्नो अधिकार प्राप्तिको लागि वैज्ञानिक समाजवादी व्यवस्थाबाट मात्र पाउने र सबैभन्दा उत्तम व्यवस्था भनेको वैज्ञानिक समाजवादी व्यवस्था रहेको बताए । साथै उनले अन्याय अत्याचारको विरुद्धमा सङ्गठित हुँदै सम्पूर्ण मजदुरहरूलाई वैज्ञानिक समाजवादी व्यवस्थाका लागि एकजुट हुन आह्वानसमेत गरे ।

कार्यक्रममा प्रमुख अतिथि विशेष समिति सदस्य तथा फ्याक्सन इन्चार्ज ध्रुव खड्का, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनका जिल्ला इन्चार्ज हुकुम खड्का, महासङ्घका संयोजक ओम लामिछाने, अखिल क्रान्तिकारी ट्रेड युनियनका केन्द्रीय सदस्य राजकुमार मगर र महानगरका २ नं. वडा इन्चार्ज कुमार विक अतिथि रहेका थिए ।

उक्त कार्यक्रमका अध्यक्षता मनोज पञ्जियार, स्वागत मन्तव्य माधव राजवंशी र सञ्चालन महासङ्घका संयोजक ओम लामिछानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :