उदयपुरमा जनमतसङ्ग्रहको लागि सङ्गठन सुदृढ तथा बिस्तार अभियान तिव्र

उदयपुरमा जनमतसङ्ग्रहको लागि सङ्गठन सुदृढ तथा बिस्तार अभियान तिव्र

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी उदयपुरले जनमतसङ्ग्रहको लागि सङ्गठन सुदृढ तथा बिस्तार अभियानलाई तिव्रगतिमा अगाडि बढाइरहेको छ । उक्त अभियानमा पार्टीका विभिन्न जनवर्गीय सङ्गठनहरू निर्माण गरिएको प्राप्त समाचारमा जनाइएको छ । साथै सोही अभियानकै क्रममा विभिन्न पार्टी परित्याग गरि नेता तथा कार्यकताहरू नेकपामा समाहित भएका छन् ।

सोही क्रममा युवा सङ्गठन नेपालले पुर्वी नेपालमा सञ्चालन गरिरहेको जनमतसङ्ग्रहको लागि सङ्गठन सुदृढ तथा बिस्तार अभियान अन्तरगत ३ नम्बर टोलीको टिम ‘सी’ ले शुक्रबार बेलाका नगरपालिका २ शान्तिनगर टोलमा अशोक बिकको संयोजकत्वमा ११ सदस्यीय युवा सङ्गठन नेपाल टोल इकाई कमिटी, गिता महतोको संयोजकत्वमा ५ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सङ्गठन टोल इकाई कमिटी, भुबन चन्द्रवंशीको संयोजकत्वमा ५ सदस्यीय भूमिहीन सुकुम्बासी सङ्गठन टोल इकाई कमिटी गठन गरेको छ । त्यस्तै बेलाका नगरपालिका ३ श्रृजना टोलमा कान्छा काजी थापाको संयोजकत्वमा ७ सदस्यीय भूमिहीन सुकुम्बासी सङ्गठन टोल इकाई कमिटी, बेलाका नगरपालिका ३ एकता टोलमा सबिन कार्कीको संयोजकत्वमा ९ सदस्यीय युवा सङ्गठन नेपाल टोल इकाई कमिटी र प्रेमबहादुर बिष्टको संयोजकत्वमा ५ सदस्यीय भूमिहीन सुकुम्बासी सङ्गठन टोल इकाई कमिटी गठन गरेको छ ।

बेलाका नपा २ भागलपुर सयपत्री टोलमा कुमार बिकको संयोजकत्वमा ११ सदस्यीय युवा सङ्गठन नेपालको टोल इकाई कमिटी र गोबिन्द ठाकुरको संयोजकत्वमा ५ सदस्यीय अखिल नेपाल किसान महासंघ टोल इकाई कमिटी गठन गरिएको छ ।त्यस्तै बेलाका नगरपालिका २ धाराखोला उदयपुरमा राजु कट्टेलको संयोजकत्वमा युवा सङ्गठन नेपाल टोल इकाई कमिटी गठन गरेको छ साथै सदस्यता बितरणसँगै विभिन्न स्थानहरूमा भित्तेलेखन गरिएको छ ।

उक्त कार्यक्रममा युवा सङ्गठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा तीन नम्बर अभियान टोली प्रमुख हरि बस्नेत, केन्द्रीय सदस्यहरू बिबेक, कबिता, अजय र पार्टी जिल्ला सदस्य रिता राई, नगर सेक्रेटरी पुर्ण तामाङलगायत अभियान टोलीको सहभागिता रहेको अभियान टोलीका प्रमुखले जानकारी दिए ।

युवा सङ्गठन नेपालले पुर्बी नेपालमा सञ्चालन गरिरहेको जनमतसङ्ग्रहको लागि सङ्गठन सुदृढ तथा बिस्तार अभियान अन्तरगत ३ नम्बर टोलीको टिम ‘बी’ ले रौतामाई गाउँपालिका ४ मालमासेमा काँङ्ग्रेस र माओवादी केन्द्रबाट ध्रुवीकरण गरि शेरबहादुर बिसुङ्खे सेक्रेटरी रहेको ७ सदस्यीय सेल कमिटी गठन गरेको छ । त्यस्तै रौतामाई गाउँपालिका ४ को श्री सरस्वती माबिमा मनोज दुलालको अध्यक्षतामा ९ सदस्यीय अखिल (क्रान्तिकारी) मुल इकाई कमिटी गठन गरेको छ । कार्यक्रममा युवा सङ्गठन नेपालका केन्द्रीय सदस्यहरू शङ्कर भुजेल र डिल्ली रमण वलीसहितको अभियान टोलीको सहभागिता रहेको थियो ।

युवा सङ्गठन नेपालले पुर्बी नेपालमा सञ्चालन गरिरहेको जनमतसङ्ग्रहको लागि सङ्गठन सुदृढ तथा बिस्तार अभियान अन्तरगत ३ नम्बर टोलीको टिम ‘ए’ ले पौष १५ र १६ गते त्रियुगा नगरपालिका ७ कौवाइमा अमर मगरको संयोजकत्वमा ५ सदस्यीय युवा सङ्गठन नेपाल टोल इकाई कमिटी, दन्तमाया तामाङको संयोजकत्वमा ५ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी गठन गरेको छ । त्यस्तै त्रीयुगा नगरपालिका ७ कै शिरुटारमा निरुता थापाको संयोजकत्वमा ५ सदस्यीय अखिल (क्रान्तिकारी), डिगबहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय युवा सङ्गठन नेपाल टोल इकाई कमिटी, चेतबहादुर खड्काको संयोजकत्वमा ५ सदस्यीय अखिल नेपाल किसान महासंघ टोल इकाई कमिटी र प्रमिला सापकोटाको संयोजकत्वमा ७ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी टोल इकाई कमिटी गठन गरेको छ भने विभिन्न स्थानमा भित्तेलेखन कार्यहरू व्यापक गरिएको छ ।

कार्यक्रममा युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य सङ्कर भुजेल, पार्टी नगर कमिटी इन्चार्ज मीनप्रसाद पोख्रेल लगायत अभियान टोलीको उपस्थिति रहेको थियो ।

उदयपुर जिल्लाभरि युवा सङ्गठन नेपाल, अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल क्रान्तिकारी, भूमिहीन सुकुम्बासी सङ्गठन, पार्टी सेल कमिटी र विभिन्न जनवर्गीय सङ्गठन गरि जम्मा २८ वटा कमिटी गठन गरिएको, करिब २५० युवा सङ्गठन नेपालको साधरण सदस्यता बितरण तथा २०० भित्तेलेखन सङ्गठन र पार्टीका नाराहरू चोकचोकमा व्यापक प्रचार÷प्रसार प्रत्येक अभियान टोलीमा गरिएको युवा सङ्गठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा उदयपुर जिल्ला भरिको अभियान टोलीका प्रमुख हरि बस्नेतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :