क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा कपिलवस्तुमा जागरण अभियान तिव्र

क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा कपिलवस्तुमा जागरण अभियान तिव्र

कपिलवस्तु : नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश समितिद्वारा सञ्चालित मजदुर जागरण अभियानको क्रममा कपिलवस्तुका विभिन्न उद्योगहरूमा सङ्गठन निर्माण भएका छन् ।

अभियानको क्रममा महाशक्ति एग्रो इण्डष्ट्रीजमा करण थारूको अध्यक्षतामा ९ जनाको इकाई समिति निर्माण भएको छ । वृहस्पति एग्रो इण्डष्ट्रीजमा सन्तराम थारूको अध्यक्षतामा १२ जनाको इकाई समिति, शिवगढी निर्माण मजदुर इकाईमा विजय मल्लको अध्यक्षतामा १९ जनाको समिति, वनकसवासा होटल मजदुर इकाईमा राधा कुमारी राउतको अध्यक्षतामा १३ जनाको समिति, चन्द्रौटा अटोचालक मजदुर इकाईमा टकबहादुर वेलवासेको अध्यक्षतामा १३ जनाको समिति निर्माण भएको छ ।

त्यसैगरी चन्द्रसुर्य एग्रो इण्डष्ट्रीज, शिवशक्ति एग्रो इण्डष्ट्रीज, कपिलवस्तु हयूम पाइप इण्डष्ट्रीज, मेहनती टोल निर्माण मजदुर इकाई लगायतका ठाउँहरूमा समिति निर्माण र भेटघाट सम्पन्न भएको छ ।

अभियानमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज खगेन्द्र पौडेल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष सञ्जय ओली, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ पाल्पा जिल्ला संयोजक राजिव भट्टराई, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ नवलपरासी जिल्ला संयोजक चैत्रराम मुसहरको उपस्थिति रहेको छ ।

मङ्सिर २८ गते रूपन्देहीबाट सुरु भएको जागरण अभियान टोली पुष १२ गते कपिलवस्तु पुगेको थियो । कपिलवस्तुमा अभियान सकेर अभियान टोलीलाई पुस १६ गते शिवराज नगरपालिकाको शिवपुरबाट बिदाई गरिएको नेकपा केन्द्रीय सदस्य एवम् कपिलवस्तु÷अर्घाखाँची इन्चार्ज जुझारूले बताएका छन् ।

कपिलवस्तुबाट बिदाई भएर अभियान टोली दाङ पुगेको महासंघका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज खगेन्द्र पौडेलले बताउनु भयो । उहाँले दाङमा ५ दिन जागरण अभियान चलाउने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :