राप्ती गाउँपालिकामा युवा र मगर मुक्ति मोर्चाको भेला सम्पन्न

राप्ती गाउँपालिकामा युवा र मगर मुक्ति मोर्चाको भेला सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल र मगर मुक्ति मोर्चा नेपालको पालिका स्तरीय भेला सम्पन्न भएको छ ।

राप्ती गाउँपालिका स्तरीय संयुक्त भेलाले लब जैसीको अध्यक्षतामा १५ सदस्यीय युवा सङ्गठन नेपाल राप्ती गाउँ कमिटी चयन गरेको छ भने पुनबहादुर मगरको अध्यक्षतामा ९ सदस्यीय मगर मुक्ति मोर्चाको गाउँ कमिटी गठन गरिएको नेकपाले जनाएको छ ।

नेकपा बिशेष कमिटी सदस्य बिक्रमको प्रमुख आतिथ्यमा भएको भेलामा युवा सङ्गठन नेपालका केन्द्रीय कोषाध्यक्ष बिश्लेसन, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य एवम् दाङका इन्चार्ज मनोज, नेकपा राप्ती गाउँपालिका इन्चार्ज बिजय, नेकपा लमही नगर इन्चार्ज जनक, नेकपा गढवा गाउँपालिका इन्चार्ज महान र मगर मुक्ति मोर्चाका केन्द्रीय सदस्य सिबेन्द्रको आतिथ्य रहेको थियो ।

संयुक्त भेला कार्यक्रममा बोल्ने वक्ताहरूले पार्टीका जबस/मोर्चालाई सुदृढ र बिस्तार गर्दै दलाल सत्ताको भण्डाफोर गर्नुपर्ने धारणा राखेका थिए । साथै वक्ताहरूले दलाल सरकारको विकल्पमा प्रगतिशील संयुक्त सरकार र संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको सन्देश लिएर जनतामा जानुपर्ने बताएका थिए ।

लब जैसीको अध्यक्षतामा भएको संयुक्त भेलाको सहजीकरण कृष्ण पुनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :