नेकपा नेता भेषराज भुसालका बुबाप्रति पार्टी महासचिव विप्लवद्वारा शोक तथा श्रद्धाञ्जली प्रकट

नेकपा नेता भेषराज भुसालका बुबाप्रति पार्टी महासचिव विप्लवद्वारा शोक तथा श्रद्धाञ्जली प्रकट

काठमाडौँ : नेकपाका महासचिव विप्लवले पार्टी केन्द्रीय सदस्य भेषराज भुसालका बुबा नीलकण्ठ भुसालप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । भुसालका ९३ वर्षीय बुबा नीलकण्ठ भुसालको पुस १४ गते बुधबार साँझ शिवराज नगरपालिका वडा नं. ३ खरेश्वर, कपिलवस्तुमा निधन भएको हो ।

महासचिव विप्लवले बिहीबार शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘हाम्रो गौरवशाली एवम् जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कमरेड भेषराज भुसालका ९३ वर्र्षीय बुबा नीलकण्ठ भुसालको यही पुस १४ गते बुधबार कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ३ खरेश्वरमा निधन भएकोमा हाम्रो पार्टी दुःखी भएको छ । हामी मृतक नीलकण्ठ भुसालप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौँ र कमरेड भेषराजलगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’

महासचिव विप्लवले शोक वक्तव्यमा भनेका छन्, ‘१९८६ सालमा अर्घाखाँचीको नुवाकोट गाविस वडा नं. ३ मा सामान्य परिवारमा जन्मिएर सन्तानलाई शिक्षादीक्षा प्रदान गर्न, समाजसेवा, राजनीतिजस्ता सामाजिक काममा लाग्न प्रेरित गर्ने नीलकण्ठ भुसालजस्ता बुबाहरू समाजले कमै मात्र प्राप्त गर्दछ । जनयुद्ध र एकीकृत जनक्रान्तिमा बुबा नीलकण्ठको निरन्तर र महत्वपूर्ण साथसहयोग रहेको सन्दर्भ पनि अविस्मरणीय छ ।’

मृतक नीलकण्ठ भुसालको आज बिहान शिवराजस्थित बेलखोलामा अन्तिम संस्कार गरिएको छ । नेकपाका महासचिव विप्लवले अन्तिम संस्कारका क्रममा मृतकप्रति श्रद्धाञ्जली र पार्टी केन्द्रीय सदस्य भेषराजलगायत शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए ।

श्रद्धाञ्जली मन्तव्यका क्रममा महासचिव विप्लवले सामान्य परिवारमा जन्मिएर पनि सन्तानलाई शिक्षादीक्षा प्रदान गर्न, समाजसेवा, राजनीतिजस्ता सामाजिक काममा लाग्न प्रेरित गर्ने नीलकण्ठ भुसालजस्ता बुबाहरू कमै हुने भन्दै बुबाको प्रशंसा गरेका थिए । शोक वक्तव्यको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :