युवा संगठनद्वारा सिरहाका विभिन्न ठाउँमा संगठन निर्माण तथा कोणसभा सम्पन्न

युवा संगठनद्वारा सिरहाका विभिन्न ठाउँमा संगठन निर्माण तथा कोणसभा सम्पन्न

राष्ट्रियता, जनतन्त्र, जनजीविका र सामाजिक विकृतिका विरुद्ध सशक्त आन्दोलन गरौं जनमत सङ्ग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियान भव्य रुपले सफल पारौं भन्ने मूल नाराका साथ युवा संगठन नेपालले सञ्चालन गरेको अभियान अन्तर्गत सिरहा जिल्लाका विभिन्न ठाउँमा संगठन निर्माण तथा कोणसभा सम्पन्न गरिएको छ ।

युवा संगठन नेपाल केन्द्रिय अभियान टिम नम्बर ४ ले सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ३ सुन्दरपुर बस्तीमा राम बहादुर मुखियाको संयोजत्वमा २५ सदस्यीय टोल इकाई कमिटी गठन गरेको छ । 

त्यसैगरी कर्जन्हा नगरपालिकाकै वडा नम्बर २ सहलेस टोलमा बिमल अधिकारीको संयोजकत्वमा २१ सदस्यीय टोल इकाई कमिटी गठन गरिएको छ । अभियानकै क्रममा सिरहा जिल्लाको पूर्व पश्चिम राजमार्गमा नारा जुलुससहित बन्दीपुर बजारमा कोणसभा भव्य रुपले सम्पन्न गरिएको छ ।

कोणसभामामा युवाहरूको उल्लेख उपस्थिति रहेको थियो । सभामा बोल्दै ४ नम्बर अभियान टिम प्रमुख विचारमानले दलाल संसदिय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद व्यवस्था नै जनताको व्यवस्था रहेको बताए । ३ बुँदे सहमति लागू गर्न सरकारलाई अपिल गर्दै उनले ३ बुँदे सहमतिलाई पालना नगरे धेरै क्षेतीभोग्नु पर्ने चेतावनी दिए । देशमा अब युवाहरुले दलालहरुलाई कार्बाही गर्न र जनताको व्यवस्थाका लागि जनमत सिर्जना गर्नका लागि युवा अभियान संचालन गरिएको युवा संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य तथा ४ नम्बर टिम प्रमुख विचारमानले जानकारी दिए ।

अभियानका क्रममा राष्ट्रघाती, भ्रष्टाचारी, कालाबजारी विरुद्ध वाल पेन्टीङ गरिने, नारा जुलुस निकाल्दै चोकचोकमा कोणसभा गरिने, मिटरब्याजीहरुले धेरै नागरिकलाई दुःख दिएको र जनताको झुपडी खाली गर्दै लुटिखाने मिटरब्याजीहरुको सुष्म निगरानी समेत गरिने उनले बताए । सिराहा जिल्लाका ८ नगरपालिका, ९ गाउँपालिकाका सबै टोलटोलमा अभियान सञ्चालन गर्ने र उक्त अभियान २ महिना चल्ने अभियान टिम प्रमुख विचारमानले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :