अखिल नेपाल शिक्षक संगठन पञ्चदेवल विनायकको प्रथम नगर भेला सम्पन्न

अखिल नेपाल शिक्षक संगठन पञ्चदेवल विनायकको प्रथम नगर भेला सम्पन्न

अछामः अखिल नेपाल शिक्षक सङ्गठन पन्चदेवल विनायक नगरपालिकाको प्रथम नगर भेला विनायकमा सम्पन्न भएको छ । अखिल नेपाल शिक्षक सङ्गठनका नगर अध्यक्ष बखत बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव तपेन्द्र तिमिल्सिना रहेका थिए । यस्तै कार्यक्रमको अतिथि अखिल नेपाल शिक्षक संगठनका जिल्ला सम्मेलन आयोजक समिति संयोजक बल बहादुर, जिल्ला सचिवालय सदस्य निरक शाही, पन्चदेवल विनायक नगर कमिटी सचिव सङ्गम चलाउने, जनपत्रकार सङ्गठन अछामका जिल्ला उपाध्यक्ष सुरेश रावत, शिक्षक चन्द्र भुल, प्रेम बोगटी समाजसेवी जितेन्द्र बोगटी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति तिमिल्सिनाले अहिलेको अवस्थामा पार्टी संसदीय व्यवस्थाको चुनावमा नभई वैज्ञानिक समावादी व्यवस्थाको स्थापनाको लागि जनमत संग्रहको बाटोमा गोलबन्ध हुँदै देशमा शान्ति स्थायित्व कायम गर्न लाग्नुपर्ने बताए । साथै बाहिरी रुपमा ठूलठूला भनाउदा मिडियाहरुले गरेको गलत प्रचारको भ्रममा नपर्न पनि सम्पूर्ण जनतालाई आग्रह गरे ।

साथै उक्त्त भेलाले बखत बहादुर शाही अध्यक्ष रहनेगरी ११ सदस्यीय नगर कमिटी चयन गरेको छ । नगर कमिटी सचिव सङ्गम चलाउनेको स्वागत मन्तव्य सुरु भएको कार्यक्रमको सन्चालन अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला सदस्य बिर्ख विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :