युवा संगठन नेपालद्वारा सञ्चालित अभियान अन्तर्गत संगठन निर्माणलाई तिब्रता दिदै

युवा संगठन नेपालद्वारा सञ्चालित अभियान अन्तर्गत संगठन निर्माणलाई तिब्रता दिदै

उदयपुर: युवा संगठन नेपालले पूर्वी नेपालमा संचालन गरिरहेको जनमतसंग्रहको लागि संगठन सुदृढ तथा विस्तार अभियान अन्तरगत ३ नम्बर टोलिको टिम ए ले उदयपुरको त्रियुगा नगरपालिका ७ भण्टाबारीमा कल्पना राईको संयोजकत्वमा ५ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी टोल इकाइ कमिटी गठन गरेको छ । त्यस्तै दिल बहादुर राईको संयोजकत्वमा ७ सदस्यीय अखिल नेपाल किसान महासंघ र पौष १४ गते त्रियुगा नगर पालिका ७ ज्यामिरे कुपिन्डेमा हरि थापाको संयोजकत्वमा ९ सदस्यीय युवा संगठन नेपाल टोल इकाइ कमिटी, रविना मगरको संयोजकत्वमा ९ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी र जगत बहादुर केप्छाकी मगरको संयोजकत्वमा ८ सदस्यीय अखिल नेपाल किसान महासंघ टोल इकाइ कमिटी गठन भएको छ भने विभिन्न स्थानमा भित्तेलेखन कार्यहरु पनि तीब्र रुमा भएको जनाएको छ ।
कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय सचिव तिलक, संगठनका केन्द्रिय सदस्य सङ्कर भुजेल लगायतको उपस्थिति रहेको थियो ।

जनमतसंग्रहको लागि संगठन सुदृढ तथा विस्तार अभियान अन्तरगत ३ नम्बर टोलिको टिम सीले बेलाका नगरपालिका २ भेटघाट तथा संगठन निर्माण गरेको छ । उदयपुरमै पौष १४ गते साँझ विवेक बस्नेतको संयोजकत्वमा ९ सदस्यीय युवा संगठन नेपाल टोल इकाइ कमिटी, रिता दुलालको संयोजकत्वमा ७ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी टोल इकाइ कमिटी, टंक प्रसाद दाहालको संयोजकत्वमा ३ सदस्यीय अखिल नेपाल किसान महासंघ टोल इकाइ कमिटीहरु गठन गरिएको छ र मिना दाहाल सेक्रेटरी रहने गरि ११ सदस्यीय पार्टी सेल कमिटी पुनर्गठन गरिएको छ । जसको सल्लाहकार नैना बहादुर मगर रहेका छन् ।
त्यस्तै पुरन्दह जनता बेलाका मा.वि.मा मन बहादुरको संयोजकत्वमा ३१ सदस्यीय अखिल (क्रान्तिकारी) को इकाइ कमिटी गठन भएको छ । अभियानका क्रममा व्यापक रुपमा भित्तेलेखन र प्रचारप्रसार गरिएको छ ।
त्यसैगरी ३ नम्बर टोलिको टिम सीले बेलाका नगरपालिकाको २ नम्बर वडा बान्डाडमा एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद र जनमत संग्रहको लागि जनतालाई एक ठाउँमा उभिनको लागि आह्वान गर्दै कोण सभा सम्पन्न गरेको छ । उक्त कोणसभालाई सम्बोधन गर्दै अभियानका प्रमुख तथा युवा संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य हरि बस्नेत र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य देहज बिष्टले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :