नेकपा मकवानपुरमा अभियानको गति तिव्र

नेकपा मकवानपुरमा अभियानको गति तिव्र

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले “वैज्ञानिक समाजवादको लागि जन एकता, सङ्गठन सुदृढ तथा विस्तार अभियान–२०७८” सशक्त रुपले अगाडि बढाइरहेको छ । पुस ११ गते उद्घाटन भएसँगै अभियान टोली जिल्लाका तीनै दिशामा फिजिएका छन् । उक्त अभियान टोील भित्तेलेखन गर्दै, सर्वसाधारण जनतालाई पर्चा वितरण गर्दै, वैज्ञानिक समाजवादको बारेमा सिकाउँदै, बुझाउँदै, सङ्गठित गर्दै अघि बढिरहेको छ ।

अभियानको क्रममा पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनको नेतृत्वमा रहेको पहिलो अभियान टोलीले हेटौँडा उप–महानगरपालिका अन्तर्गत चौकीटोलस्थित सडक खण्डमा रहेको सार्वजनिक भित्तामा भित्तेलेखन गरेको छ । जिल्लाको उत्तरी खण्डको जिम्मेवारी लिएको उक्त टोली पछिल्लो समयमा आएको मौसमी परिवर्तनको कारण उत्तरी क्षेत्रमा हिमपात भई सडक अवरुद्ध भएको हुँदा लक्षित क्षेत्रमा पुग्नु अघि नै चौकीटोलमा पर्चा वितरण गर्नुका साथै भित्तेलेखन गरेको छ ।

त्यसैगरी जिल्ला सेक्रेटरी वाटरको नेतृत्वमा रहेको दोस्रो टोलीले पनि अभियान सुरु गरिसकेको छ । हेटौँडा उप–महानगरपालिका, मनहरी र राक्सिराङ गाउँपालिकाको जिम्मेवारी लिएको उक्त टोली दुई उप–टोलीमा विभाजित भई अभियानमा लागेको छ । मनहरी–१ बाट सुरु गरेको जिल्ला सेक्रेटरी वाटरको नेतृत्वमा रहेको उप–टोलीले विभिन्न जवस मोर्चाका साथै सेल कमिटी निर्माण गरेको छ । साथै उक्त वडाका विभिन्न ठाउँमा भित्तेलेखन पनि गरेको छ । त्यस्तै हेटौँडा उप–महानगरपालिकाका सेक्रेटरी सुर्य अर्यालको नेतृत्वमा रहेको अर्को उप–टोलीले नगरको १६ नम्बर वडाबाट अभियान सुरु गरेको छ । टोलीले उक्त वडामा पर्चा वितरण गरेको छ । विभिन्न ठाउँमा भित्तेलेखन गर्नुका साथै सेल कमिटी पनि निर्माण गरेको छ ।

साथै विशेष कमिटी सदस्य बादलको नेतृत्वमा रहेको तेश्रो टोली अन्तर्गत बागमती गाउँपालिकाका सेक्रेटरी भक्त माझी नेतृत्वको टोली पनि अभियानमा निरन्तर खटिरहेको छ । उक्त तेश्रो टोलीले बागमती, बकैया र गढी गाउँपालिकाको जिम्मेवारी लिएको थियो । यस टोलीले पनि भित्तेलेखन गर्नुका साथै गढी गाउँपालिकामा सेल कमिटी निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :