अखिल (क्रान्तिकारी) रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझायो

यातायात क्षेत्रमा विद्यार्थी, जेष्ठ नागरिक, अपाङ्गलाई छुट गरिएको भाडा दर कार्यान्वयन गर्न अखिल (क्रान्तिकारी) को माग

अखिल (क्रान्तिकारी) रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझायो

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रुकुम पश्चिमले पनि यातायात क्षेत्रमा तोकिएको भाडामा सहुलियत कार्यान्वयनको माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल सरकार र संयुक्त विद्यार्थी सङ्ठनबीच भएको सहमतिलाई तत्काल कार्यान्वयन गरि यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत र जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत भाडा तत्काल छुट गर्न अखिल (क्रान्तिकारी) ले माग गरेको हो ।

गुणस्तरहीन र मापदण्ड नाघेका यातायातका साधनको तत्काल अनुगमन गरि त्यस्ता साधन सञ्चालनमा रोक लगाउन र दुर्घटनालाई रोक्न तत्काल सडकको वैज्ञानिक स्तरबाट अध्ययन गरि सडक निर्माण तथा मर्मत गर्नसमेत सङ्ठनको माग गरेको छ । जिल्लाभित्र रहेका मुख्य सार्वजनिक स्थान बसपार्क, सेमिनार र अन्य स्थानहरूलाई व्यवस्थित र मर्यादित बनाउन, छात्राको आत्मरक्षाका लागि एक विद्यालय एक छात्रा तालिम केन्द्रको व्यवस्था गर्न पनि ज्ञापनपत्रमार्फत अखिल (क्रान्तिकारी) ले माग गरेको हो ।

कर्णाली प्रदेशका १० वटै जिल्ला प्रशासन कार्यालयललाई ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा पनि ज्ञापनपत्र बुझाइएको हो ।

वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लागि जनताका जनजिविकासँग जोडिएका सामाजिक अन्यायका जातीय विभेत, वर्गीय विभेत, भ्रष्टाचार, दलाल र संसदीय व्यवस्थाले उपहार मानिरहेको राष्ट्रघाती एमसीसीविरुद्ध मैदानमा उभिँदै आएको जानकारी दिँदै माग पूरा नभए चरणबद्ध सङ्घर्षमा उत्रिनेसमेत चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :