अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ उदयपुरको प्रथम भेला सम्पन्न

अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ उदयपुरको प्रथम भेला सम्पन्न

उदयपुर: अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ उदयपुरको प्रथम जिल्ला भेला आज रामपुरको बुधबारेमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष ओमप्रकाश पुन निर्माण थिए । अतिथिहरुमा नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर ओखलढुंगा इन्चार्ज विवेक कुमाल, नेकपा उदयपुरका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेयाल, युवा संगठन नेपालका केन्द्रीय महासचिव बिदुषी, नेकपा उदयपुरका कार्यालय सचिव दुर्गा तामाङको उपस्तिथि रहेको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले मैनबत्ति बालेर गरेका थिए ।
रिता राईको संचालन र अमृत बिष्टको अध्यक्षता र पुर्ण तामाङको स्वागत मन्तव्यबाट कार्यक्रम शुरु भएको थियो ।
भेलाले अमृत विष्टकोअध्यक्षतामा ११ सदस्यीय जिल्ला संगठन समिति गठन गरेको छ । जसको अध्यक्षमा महेन्द्र चौधरी, सचिवमा खुप्त नेपाली, भिम कुमारी तामाङ लगायत रहेका छन् ।
भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि ओम प्रकाश पुनले अब सुकुम्बासीले नो लालपुर्जा नो भोटको बाटोमा हिड्नु पर्नेमा जोड दिए । संसदीय व्यवस्था रहदासम्म सुकुम्बासीका समस्या समाधान नहुने र खाली जनतालाई झुटो आस, भ्रममा पारेकोले अब सबै सुकुम्बासीहरु एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढ्नु पर्नेमा जोड दिए । अब जनताले वैज्ञानिक समाजवादलाई मतद्वारा फैसला गर्ने जनमतसंग्रहमा जान सबै सुकुम्बासीले जोड गर्नेमा पनि भेलामा जोड दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :