अखिल (क्रान्तिकारी) कञ्चनपुरद्वारा भाडा दरमा ४५% छूट गर्न माग

अखिल (क्रान्तिकारी) कञ्चनपुरद्वारा भाडा दरमा ४५% छूट गर्न माग

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) जिल्ला समिति कञ्चनपुरले आम विद्यार्थीहरूलाई परिचय पत्रको आधारमा सार्वजनिक यातायातमा ४५% छुटको माग गर्दै सङ्गठनले जिल्ला प्रमुख अधिकारी रामप्रसाद पाण्डेलाई शुक्रबार माग पत्र बुझाएका छन् ।

नेपाल सरकारले नै वि.स. २०६५ सालमै निर्णय गरि लागू हुँदै आएको विद्यार्थी परिचयपत्रको आधारमा भाडादरमा ४५% छुट अहिले सार्वजनिक यातायात व्यवसायीहरूले अहिले दिन बन्द गरेको प्रति सङ्गठनले सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्दै कार्यान्वयन गर्न जोडदार माग गरेको छ अन्यथा सङ्गठन चरणबद्ध आन्दोलनमा उत्रने बताएका छन् ।

जिल्ला प्रमुख अधिकारी पाण्डेले यातायात व्यवसायीलाई बोलाएर छलफल गरी छिट्टै नै माग सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :