किसान महासङ्घ बेलडाँडी गाउँपालिकाको एरिया भेला सम्पन्न

किसान महासङ्घ बेलडाँडी गाउँपालिकाको एरिया भेला सम्पन्न

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा भेलाबाट केशव सुनारको संयोजकत्वमा सात सदस्यीय गाउँ समिति गठन गरिएको छ ।

कार्यक्रममा सङ्गठनका सुदूर–पश्चिम प्रदेश समिति संयोजक तथा प्रमुख अतिथि रामबहादुर सिंहले सम्बोधन गर्दै देशका सम्पूर्ण किसानहरूले जागृत भएर आफ्नो वर्गीय मुक्तिका निम्ति एकीकृत जनक्रान्तिको कार्यदिशामा समाहित भएर वैज्ञानिक समाजवाद स्थापनाका लागि सङ्घर्ष गर्नुपर्ने बताएका छन् । उनले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफलताको शुभ–कामना पनि व्यक्त गरेका थिए ।

केशब सुनारको अध्यक्षतामा बसेको उक्त भेलामा सङ्गठनका कञ्चनपुर जिल्ला संयोजक नरेन्द्र राना क्षेत्री लगायत जिल्ला पार्टीका नेताहरू अतिथिका रुपमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :