राष्ट्रघाती एमसीसीविरुद्ध संयुक्त विरोध प्रदर्शन कपिलवस्तुमा सम्पन्न

राष्ट्रघाती एमसीसीविरुद्ध संयुक्त विरोध प्रदर्शन कपिलवस्तुमा सम्पन्न

कपिलवस्तु : राष्ट्रघाती एमसीसी विरुद्ध संयुक्त विरोध प्रदर्शन कार्यक्रम कपिलवस्तुको जितपुरमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी र जनमोर्चा बीचको संयुक्त कार्यक्रम जितपुर बजारबाट नारासहित चोकमा विरोध सभामा परिणत भएको थियो ।

सभामा सम्बोधन गर्दै नेकपा कपिलवस्तु जिल्ला सेक्रेटरी कमलले राष्ट्रघाती एमसीसी कुनै पनि हालतमा जनताको हितमा नरहेको बताए । उनले एमसीसीविरुद्ध सम्पूर्ण नेपाली जनताहरूले आ–आफ्नो ठाउँबाट प्रतिरोध गर्नुपर्ने र राष्ट्रियतााको विषयमा सबै राष्ट्रियवादी पार्टीहरू एकजुट भएर लाग्नुपर्ने बताए ।

विरोध प्रदर्शन कार्यक्रम राष्ट्रिय जनमोर्चा पार्टी जिल्ला अध्यक्ष ददिराम आचार्यको अध्यक्षतामा सञ्चालन अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष बिष्णु राउत ‘बिज्ञान’ ले गरेका थिए भने सम्बोधन जिल्ला सेक्रेटरी कमल, नेकपा (मसाल) का प्रवक्ता छबिलाल गैरे, नेकपा (क्रान्तिकारी) का धनेश्वर पोख्रेल लगायतले गरेका थिए ।

विरोध प्रदर्शनमा जिल्लाका नेता तथा कार्यकर्ताहरू लगायत विद्यार्थी आम नागरिकहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :