एमसीसी विरुद्ध डोटीमा संयुक्त विरोध प्रदर्शन

एमसीसी विरुद्ध डोटीमा संयुक्त विरोध प्रदर्शन

डोटीः एमसीसी विरुद्ध संयुक्त विरोध प्रदर्शन कार्यक्रम डोटीको सिलगढीमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी र जनमोर्चाको संयुक्त आयोजनामा भएको एमसीसी विरुद्ध विरोध कार्यक्रम शैलेश्वरी मन्दिरबाट नारासहित प्रशासन अगाडि विरोध सभामा परिणत भएको थियो ।

विरोध प्रदर्शन कार्यक्रमको संचालन नेपाल कम्युनिस्ट पार्टी जिल्ला सचिवालय सदस्य मोहनले गरेका थिए भने सम्बोधन जिल्ला सेक्रेटरी ध्रुव, जनमोर्चाका अध्यक्ष डबल बोगटी र अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा डोटी जिल्ला अध्यक्ष प्रकाश कठायतले गरेका थिए । विरोध सभामा सम्बोधन गर्दै ध्रुवले राष्ट्रघाती एमसीसी कुनै पनि हालतमा जनताको हितमा नरहेको बताए । यसका विरुद्ध सम्पूर्ण नेपाली जनताहरुले आआफ्नो ठाउँबाट प्रतिरोध गर्नुपर्ने बताए ।

साथै सम्बोधन गर्दै अध्यक्ष बोगटीले राष्ट्रियताको विषयमा सबै राष्ट्रवादी पार्टीहरु एकजुट भएर लाग्नु पर्ने बताए । विरोध प्रदर्शनमा जिल्लाका नेता तथा कार्यकर्ताहरु लगायत विद्यार्थी आम नागरिकहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :