एमसीसी सम्झौता विरुद्ध इलाममा जनप्रदर्शन

एमसीसी सम्झौता विरुद्ध इलाममा जनप्रदर्शन

इलामः एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने संसदवादी दलहरुको तयारी विरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी देशभर आन्दोलित छ । यही क्रममा नेपाल कम्युनिस्ट पार्टी इलामले विशाल जनप्रदर्शन गर्दै आन्दोलनको माहोल श्रृजना गरेको छ ।

इलामको टुंडिखेलबाट सुरु भएको जनप्रदर्शनको र्याली मुख्य बजारको सडकहरुमा गगनभेदी नारा घन्काउँदै मालापथ मार्ग परिक्रमा गरेर लाकुरी चौतारामा आएर कोण सभामा परिणत भएको थियो । कोणसभामा नेपाल कम्युनिस्ट पार्टिका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज सुमनसिंह, नेकपा (क्रान्तिकारी माओवादी)का रुद्र सांम्पाङ्ग, पार्टीका जिल्ला सेक्रेटरी मौसमले बोलेका थिए । सुमनसिंहले कोण सभामा बोल्दै रास्ट्रघाती एमसीसी सम्झौता पास गरिए संसदमा प्रतिनिधित्व गरिरहेका सांसदहरुलाई खाल्डो खनेर पुर्ने चेतावनी दिए । उनले रास्ट्रघातमा हस्ताक्षर गरे नेपालबाट लखेट्ने उद्घोष समेत गरे ।

उनले भने, `अमेरिकनहरुले आफ्नो सैन्य हस्तक्षेप नेपालमा लाद्न खोजे अमेरिकनहरुको चिहान नेपाल हुनेछ, त्यसैले अमेरिकाले पनि बुझ्नु पर्छ नेपाली जनता हस्तक्षेप सहन गर्न तयार छैनन् ।`

जनप्रदर्शनमा एमसीसी खारेज गर, एमसीसी चांहिदैन, देश बेच्न पाइदैन, रास्ट्रघाती दलालहरु होसियार, देशभक्त नेपालीहरु एक होऔं, गो ब्याक एमसीसी जस्ता नाराहरु लगाएका थिए । कोण सभाको संचालन पार्टीका जिल्ला सदस्य बिमल आचार्यले गरेका थिए । प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्प कोइरालाको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :