अर्घाखाँचीमा एक महिने एकीकृत जनजागरण अभियानको उद्घाटन

अर्घाखाँचीमा एक महिने एकीकृत जनजागरण अभियानको उद्घाटन

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीको गत २८ गते बसेको बैठकको निर्णय अनुसार २ नम्बर कमान्ड अन्तर्गत नविन खड्काको कमान्डमा एक महिने एकीकृत जनजागरण अभियान शुक्रबार मालारानीको गोखुङ्गाबाट उद्घान भएको छ । पार्टीको नीति बमोजिम जनता भेटघाट तथा समस्याहरूलाई सक्दो सहयोग गर्ने उद्देश्यका साथ अभियानको सुरुवात गरिएको हो ।

अभियान उद्घाटनलाई सम्बोन गर्दै पार्टीका भुमिकास्थान र सन्धिखर्क पार्टी इन्चार्ज तथा अभियानका कमान्ड नविन खड्काले जिल्लाका बिभिन्न ठाउँहरू संसदीय व्यवस्थाले आम जनताहरूको समस्या हल नहुने बताउँदै अब व्यक्ति र पार्टीको चुनाव मात्र हैन व्यवस्थाको चुनाव गर्नेमा जोड दिँदै यसको तुरुन्त घोषणा गर्नुपर्ने बताए । उनले सम्पूर्ण समस्याको समाधान वैज्ञानिक समाजवादले मात्र हुने पनि बताए ।

करिब एकसय जना उपस्थित रहेको उक्त अभियानको सञ्चालन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष बाबुराम एसकेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :