नेकपा बर्दियाद्वारा जन एकता अभियान सञ्चालन

नेकपा बर्दियाद्वारा जन एकता अभियान सञ्चालन

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी बर्दियाले वैज्ञानिक समाजवादको लागि जनमत, जनमतसङ्ग्रहको लागि जन एकता अभियान भन्ने मुल नाराका साथ शुक्रबार बासगढी नगरपालिकाबाट अभियान सुरु गरेको छ । उक्त अभियान बासगढी नगरपालिका वडा नं. २ बेतनिबाट सुरु भएको थियो ।

कार्यक्रमका मुख्य अतिथि बिशेष समिति सदस्य तथा अभियान टिमका प्रमुख शितलले जनजाति थारु समुदायको बाहुल्यता रहेको बस्तीमा बोल्दै आदिवासी जनजाति थारु समुदाय र सुकुम्बासीको बिषयमा नेकपा बाहेक अरू पार्टी र राज्यले बोल्न छोडिसकेको बताए । उनले सबै समस्याहरूको जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादबाट मात्र हल हुने बताए ।

उक्त अभियान कार्यक्रमको अध्यक्षता नगर इन्चार्ज शक्ति र सञ्चालन नगर सेक्रेटरी कामनाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :