नेकपा दैलेखद्वारा सात्तालामा जनसभा सम्पन्न

नेकपा दैलेखद्वारा सात्तालामा जनसभा सम्पन्न

दैलेख : नेकपा दैलेखले जिल्लाको आठविस नगरपालिकामा जनसभा कार्यक्रम सम्पन गरेको छ । वैज्ञानिक समाजवादका लागि जनमतसङ्ग्रह र जनसम्बन्ध सुदृढ अभियान अन्तरगत शुत्रबार आठविस नगरपालिकाको बडा नं. १ सात्तालामा जनसभा सम्पन्न गरेको हो ।

जनसभा कार्यक्रमका प्रमुख अतिथि नेकपा दैलेखका सेक्रेटरी दिपेन्दले नेपाली जनताले बिगतदेखि परिवर्तन र देशको स्वाधीनताको लागि सङ्घर्ष गरेको बताए । उनले नेपाली जनताको बलले नेपालामा राणा, पञ्चायत र राजतन्त्र अन्त्य भएर गणतन्त्र आएपनि नेपाली जनताको अधिकारको ग्यारेन्टी गर्ने व्यवस्था नआईसकेकाले आफूहरू अहिलेको दलाल संसदीय व्यवस्था र वैज्ञानिक समाजवादी व्यवस्थाबारे जनमतसङ्ग्रह हुनुपर्ने पक्षमा रहेको बताए । संसदीय व्यवस्थामा ठूलो पार्टी बनाउने, प्रधानमन्त्री, मन्त्री, माननीय र अध्यक्ष हुने उद्देश्यले माकेसँग एकता हुन नसक्ने तर संसदीय व्यवस्था छोड्न तयार भएमा एकता हुने कुरा सेक्रेटरी दिपेन्द्रले बताए ।

यसैगरी आठविस नगर समिति इन्चार्ज प्रकाश, चामुन्डा बिन्द्रासैनी नगर समिति इन्चार्ज क्रान्ति, अखिल (क्रान्तीकारी) केन्द्रीय समिति सदस्य सुद्रसनले पनि कार्यक्रममा मनतब्य राखेका थिए ।

आठविस नगर समिति सेक्रेटेरी कुसलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बमबहादुर बडुवालले र स्वागत सन्दीपले गरेका थिए भने प्रभात स्मृति जनसाँस्कृतिक परिवारका कलाकारहरूले जनवादी गीत र नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :