नेवा मुक्ति मोर्चा, नेपाल नुवाकोटमा हिरालाल श्रेष्ठ

नेवा मुक्ति मोर्चा, नेपाल नुवाकोटमा हिरालाल श्रेष्ठ

नुवाकोट : नेपाल कम्युनिस्ट पार्टी निकट नेवा मुक्ति मोर्चा, नेपाल नुवाकोट जिल्लाको प्रथम भेला सम्पन्न भएको छ । बिहीबार सम्पन्न भेलाले हिरालाल श्रेष्ठको अध्यक्षतामा ११ जना जिल्ला कमिटी र ३ जना जिल्ला सल्लाहकार रहनेगरि समिति गठन गरिएको छ ।

नेकपा केन्द्रीय सदस्य तथा नुवाकोट रसुवा जिल्ला इन्चार्जको प्रमुख आतिथ्यता, जिल्ला सेक्रेटरी सृजन, नेवा मुक्ति मोर्चा, नेपालको केन्द्रीय अध्यक्ष सुरेन्द्र महर्जन, युवा सङ्गठन नेपालको जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य सङ्गम र जिल्ला सदस्य फरिन्द्रको विशेष उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन बाबुकाजीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :