विद्यालयले लिएको शुल्क तत्काल फिर्ता गर्न अखिल क्रान्तिकारीको चेतावनी

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी उदयपुरले जिल्लाको महेन्द्रदीप माध्यमिक विद्यालयलाई प्रमाणपत्र शुल्क बापत लिएको प्रतिविद्यार्थी १० हजार रुपैयाँ तत्काल फिर्ता गर्न चेतावनी दिएको छ । उदयपुर जिल्ला इन्चार्ज देहज बिष्टले बिहीबार विज्ञप्तिमार्फत शैक्षिक क्षेत्रमा भएको दलालीकरण र अनियमितताप्रति गम्भीर ध्यान आकर्षण भएको भन्दै उक्त शुल्क तत्काल फिर्ता गर्न चेतावनी दिएका हुन् ।

‘शिक्षा क्षेत्रमा तमाम खाले बिकृति बिसङ्गति र फोहरी प्रवृत्ति दिनानु दिन बढिरहेका छन् । विभिन्न रुप रङ्ग र आवरणमा प्रकट भैरहेका दलालीकरण, माफियकरण, निजीकरण, भ्रष्टिकरण, ब्यापारीकरण लगायतका गलत हर्कतप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘क्रान्तिकारीले विज्ञप्ति जारी गर्दै, जिल्लाको लिम्चुङ्बुङ गाउँपालिकास्थित महेन्द्रदीप माध्यमिक विद्यालयमा १० र १२ कक्षाका विद्यार्थीहरूलाई प्रति विद्यार्थी प्रमाणपत्र शुल्क बापत लिइएको १० हजार रुपैयाँ तत्काल फिर्ता गर्न चेतावनी दिएको छ । ‘उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका २ नम्बर वडाको ताम्लिछामा रहेको श्री महेन्द्र दीप मा.बि.मा कक्षा १० र १२ को प्रमाणपत्र शुल्क भनेर दस हजार लिएको कुरा हाम्रो सङ्गठनमा जानकारी आएको छ । उक्त कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भाएको छ, यदि विद्यार्थीबाट लिएको शुल्क यथासिघ्र फिर्ता गरियोस् अन्यथा भइपरि आउने घटनाको सम्पूर्ण जिम्मेवार सम्बन्धित निकाय हुनुपर्ने यसै विज्ञप्तिमार्फत जानकारी गराउँदाछौँ ।’

शिक्षा प्रत्येक नेपाली नागरिकको नैसर्गिक अधिकार भएको स्पष्ट पार्दै, शिक्षा आम नागरिकको मौलिक र नैसर्गिक अधिकार हो र यसको पूर्ण दायित्व राज्यले बहन गर्नु पर्छ भन्ने हाम्रो स्पष्ट धारणा रहँदै आइरहेको छ । तर विडम्बना राज्यको नीति कार्यक्रम एकातिर र कामकाज अर्कैतिर भैरहेको क्रान्तिकारीले जनाएको छ ।

विज्ञप्तिको पूर्णपाठ….

नेपाली विद्यार्थी आन्दोलनको नेतृत्व सङ्गठन हाम्रो गौरवशाली सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) आम विद्यार्थी वर्गको हकहित अधिकार प्राप्तिको लागि आशा, भरोशा र बिश्वासको केन्द्रबिन्दु रहँदै अनवरत आन्दोलन र संघर्षमा डटिरहेको सर्वविदिदै छ । यतिबेला शिक्षा क्षेत्रमा तमाम खाले बिकृति बिसङ्गति र फोहरी प्रवृत्ति दिनानु दिन बढिरहेका छन् । विभिन्न रुप रङ्ग र आवरणमा प्रकट भैरहेका दलालीकरण, माफियकरण, निजीकरण, भ्रष्टिकरण, ब्यापारिकरण लगायतका गलत हर्कतप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । शिक्षा आम नागरिकको मौलिक र नैसर्गिक अधिकार हो र यसको पूणर् दायित्व राज्यले बहन गर्नु पर्छ भन्ने हाम्रो स्पष्ट धारणा रहँदै आईरहेको छ । तर विडम्बना राज्यको नीति कार्यक्रम एकातिर र कामकाज अर्कैतिर भैरहेका छन् । जहानीया राणा शासन निरंकुश पञ्चायती व्यवस्था, जनपिराह सामन्ती राजतन्त्र हुँदै खच्चड संसदीय व्यवस्थासम्म आइ पुग्दा थुप्रै व्यवस्था बदलिए , विधि बदलिए तर शिक्षामा भने तेस्तो कुनै अनुभुति हुने गरि बद्लाब भएन। फलतः वर्तमान शिक्षा प्रणाली कम्पास बिग्रेको जहाज जस्तै गतिहीन, दिशाहिन, उद्देश्यबिहिन भएको छ ।

यसै सन्दर्भमा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका २ नम्बर वडाको ताम्लिछामा रहेको श्री महेन्द्र दीप मा. बि. मा कक्षा १० र १२ को प्रमाणपत्र शुल्क भनेर दस हजार लिएको कुरा हाम्रो सङ्गठनमा जानकारी आएको छ । उक्त कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भाएको छ यदि विद्यार्थीबाट लिएको शुल्क यथासिघ्र फिर्ता गरियोस् अन्यथा भइपरि आउने घटनाको सम्पूणर् जिम्मेवार सम्बन्धित निकाय हुनुपर्ने यसै विज्ञप्तिमार्फत जानकारी गराउदाछौं ।

क्रान्तिकारी अभिवादनसहित

क. देहज बिष्ट
इन्चार्ज

अखिल (क्रान्तिकारी) उदयपुर

१ पुष ,२०७८

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :