नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलको २५ डिसेम्बरमा वार्षिक साधारण सभा हुने

नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलको २५ डिसेम्बरमा वार्षिक साधारण सभा हुने

नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलले २५ डिसेम्बर शनिबारका दिन संगठनको वार्षिक साधारण सभा गर्ने भएको छ । सन् २००९ मा स्थापना भएको मोर्चाले नेपालको दलाल संसदीय व्यवस्थाको कारण विश्वका विभिन्न मुलुकमा पुगेका नेपालीहरुको हकहित र नेपालमा संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादको स्थापनाको संघर्षमा एेक्यबद्धता जाहेर गर्दै पोर्तुगलमा पनि नेपालीहरुका विविध खाले समस्या समाधानको लागि सशक्त भूमिका निर्वाह गर्दै आएको छ ।

मोर्चाको वार्षिक साधारण सभामा नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख कन्चनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । संगठनको उक्त कार्यक्रममा विश्वभर संगठित मध्यपूर्व, मलेशिया, जापान, हंगकंग, भारत, अमेरिका र यूरोपभरका मोर्चाका पदाधिकारी प्रतिनिधिहरुलाई सहभागिताको लागि निमन्त्रणा गरिएको आयोजकले जनाएको छ । त्यसैगरी पोर्तुगलस्थित राजनीतिक तथा सामाजिक संघसंस्थाहरुलाई सहभागिताको लागि निमन्त्रणा गरिएको संगठनका प्रतिनिधिले जनाएका छन् ।

जनस्वास्थ्यको ख्याल गर्दै कार्यक्रम भर्चुवल माध्यमबाट सम्पन्न गरिने भएको छ । संगठनको नियमित कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा सम्पूर्ण संघ संगठनका प्रतिनिधी, शुभचिन्तक तथा आम नेपाली जनसमुदायलाई उपस्थित हुन आयोजकले आव्हान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :