जनगणतान्त्रिक सम्पर्क मञ्च दाङ, सल्यान, रोल्पाको संयुक्त जिल्ला भेला सम्पन्न

जनगणतान्त्रिक सम्पर्क मञ्च दाङ, सल्यान, रोल्पाको संयुक्त जिल्ला भेला सम्पन्न

 
जनगणतान्त्रिक सम्पर्क मञ्च दाङ, सल्यान र रोल्पा जिल्लाको संयुक्त जिल्ला भेला आज भव्य रुपमा सम्पन्न भएको छ । संयुक्त जिल्ला भेलाको उद्धघाटन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मञ्चका फ्याक्सन इन्चार्ज मिलनले देशको विभिन्न समसामयिक विषयमा प्रशिक्षण दिए । राज्यले पार्टीसँग गरेको तीन बुँदे सहमतिलाई आलटाल गर्न खोजेको प्रसङ्ग राख्दै यदि त्यसो भयो भने त्यसले भयानक दुर्घटना निम्त्याउने र त्यसको जिम्मेवार स्व्यम् दलाल पुँजिवादी राज्यसत्ता हुने चेतावनी दिए । आफूहरु ३ बुँदेप्रति इमान्दार रहेको भन्दै हालसम्म राज्यले बेइमानी गरेको आरोप लगाए । उनले भने, `साम्राज्यवाद एमसीसीको नाममा नेपाललाई गुलाम बनाउन चाहन्छ तर हामीले कुनै पनि हालतमा एमसीसी परियोजना लागु गर्न दिदैनौँ ।` अर्को प्रसंगमा उनले भने, `आजसम्म जनताले पार्टी र नेतालाई मतदान गरे तर जनताको मतलाई नै आधार बनाएर ती पार्टी र नेताले जनतामाथि घात गरे राष्ट्रमाथि बैइमानी गरे त्यसैले अबको चुनाव व्यवस्थाको हुनुपर्दछ ।`

प्रमुख अतिथि मिलनले आगामी जनगणतान्त्रिक सम्पर्क मञ्चको ऐतिहासिक तेश्रो राष्ट्रिय सम्मेलनलाई ऐतिहासिक र भव्य बनाउन लाग्नुपर्नेमा जोड दिए ।
उक्त संयुक्त जिल्ला भेलामा नेपाल कम्युनिस्ट पार्टीका दाङ जिल्ला सेक्रेटरी प्रदिप ओली, जनगाणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगर, महासचिव इन्द्र श्रेष्ठ लगायतले संयुक्त जिल्ला भेलाको सफलताको शुभकामना दिए । अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघका केन्द्रीय सदस्य मोहन घले, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य अनिल केसी अतिथिको रुपमा उपस्थित थिए । संयुक्त जिल्ला भेलाले राजेश रसाईलीको अध्यक्षतामा २५ सदस्यीय दाङ काठमाडौ दाङ काठमाडौ जनगणतान्त्रिक सम्पर्क मञ्च गठन गरेको छ । जसको उपाध्यक्षमा रामु चौधरी, सचिव विजय भण्डारी, सहसचिव नविन भण्डारी, कोषाध्यक्ष प्रभा वली र सदस्यहरुमा नकुल शाही, रेशम चौधरी, विनयलाल चौधरी, वसन्त चौधरी, गौरीलाल चौधरी, सानु केसी, लालमति चौधरी, पदम खड्का, समित वली, प्रशान्त पोखरेल, प्रकाश रावत, जुद्ध नेपाली, रेशमकुमारी बस्नेत, खिमा वली लगायत रहेका छन् ।

त्यस्तै संयुक्त जिल्ला भेलाले यामबहादुर थापाको अध्यक्षतामा २३ सदस्यीय रोल्पा काठमाडौ जनगाणतान्त्रिक सम्पर्क मञ्चको गठन गरेको छ । जसको उपाध्यक्षमा गोविन्द केसी, सचिव पर्शुनारायण बुढामगर, कोषाध्यक्ष भिरोसा घर्तिमगर, र सदस्यहरुमा राम पुनमगर, विपना रोकामगर, भक्तिराम बाठामगर, देव रानामगर लगायत रहेका छन् भने सृजना गिरीको अध्यक्षतामा १९ सदस्यीय सल्यान काठमाडौ जनगाणतान्त्रिक सम्पर्क मञ्चको गठन गरेको छ । जसको उपाध्यक्षमा रमेश थापा, सचिवमा कमला वली, सहसचिवमा विश्व धामी, कोषाध्यक्षमा राजु नेपाली र सदस्यहरुमा प्रतिमा गिरी, जिवन ओली, आयुश ओली, लगायत रहेका छन् । जिल्ला भेलाको नयाँ समिति पुर्नगठन गर्नुका साथै आगामी तेश्रो राष्ट्रिय सम्मेलनलाई भव्य बनाउन लाग्ने निर्णय भेलाले गरेको छ ।

संयुक्त जिल्ला भेलाको अध्यक्षता  सृजना गिरी र स्वागत  रणबहादुर पुनले गरेका थिए भने कार्यक्रमको संचालन  राजेश रसाइलीले गरेका थिए । संयुक्त जिल्ला भेला त्रिचन्द्र कलेजको सभाकक्षमा आयोजनाा गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :