युवा सङ्गठन नेपाल रसुवामा सन्तोष बोगटी

युवा सङ्गठन नेपाल रसुवामा सन्तोष बोगटी

रसुवा : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल रसुवाको प्रथम जिल्ला भेला भब्य रूपमा सम्पन्न भएको छ । नेकपा का केन्द्रीय सदस्य एवम् रसुवा/नुवाकोट इन्चार्ज विन्दुको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलाले सन्तोष बोगटीको नेतृत्वमा १३ सदस्यीय कमिटी गठन गरेको छ । जसमा अध्यक्ष सन्तोष बोगटी, उपाध्यक्ष अम्मर तामाङ, सचिव प्रकाश मगर, सह–सचिव आकास तामाङ, सदस्यहरू शक्तिमान तामाङ, अजय लामा, निमेष मगर, सन्तोष घले, रोशन मगर, प्रदिप लामा, प्रेम तामाङ र राम तामाङ रहेका छन् ।

उक्त भेलामा प्रमुख अतिथि विन्दुले दलाल संसदीय व्यवस्था अब धेरै दिन टिक्न नसक्ने भन्दै वैज्ञानिक समाजवादको स्थापना अपरिहार्य रहेको बताए । उनले आम युवाहरूको मुक्तिका लागि अझैँ सशक्त संघर्ष गर्नुपर्ने जोड दिए ।

भेलामा नेकपा रसुवाका सेक्रेटरी विराजले एकीकृत जनक्रान्ति आजका युवाहरूको मुक्ति संघर्ष भएको धारणा राख्दै अहिले गाउँगाउँमा युवाहरू कुलतमा फसेकोमा चिन्ता व्यक्त गर्दै सबै युवाहरू सचेत रहनुपर्ने विचार राखे । यस्तै युवा सङ्गठन नेपालका बागमती प्रदेश इन्चार्ज सुमनले युवाहरू त्याग बलिदान र अनुशासनको प्रतिक भएकाले सधैँ दफल हुने बताए । उनले युवाहरू समाजका कुरितिका विरुद्ध सशक्त संघर्ष गर्न लाग्नुपर्ने बताए ।

यस्तै कार्यक्रममा कालिका मा.वि का सहायक प्रधान अध्यापक केशव डंगोलले शुभकामना र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मेगेन्द्रले नव निर्वाचित टिमलाई बधाई मन्तव्य दिएका थिए । सो भेलाको अध्यक्षता जीवन तामाङले गरेका थिए भने कार्यक्रम सञ्चालन सन्तोष बोगटीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :