जागरण अभियान क्रममा ट्रेड युनियन महासंघको संगठन निर्माण तिव्र

जागरण अभियान क्रममा ट्रेड युनियन महासंघको संगठन निर्माण तिव्र

श्रमिकहरुको अधिकार र मुक्तिका लागि वैज्ञानिक समाजवाद स्थापना र जनमत संग्रहको मूल नारासहित श्रमिक जागरण अभियानमा होमिएको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको उपत्यकाका विभिन्न स्थानमा संगठन निर्माणलाई तिब्रता दिएको जनाएको छ । काठमाडौमा आज आयोजित महासंघको केन्द्रीय समिति अन्तर्गतको पेशागत घटक संघको अभियान उद्घाटनका क्रममा उक्त जानकारी गराएको हो ।


जारी अभियानकै क्रममा महासंघले आज काठमाडौँ सानो भर्यांङ्गस्थित निर्माण साइटमा कार्यरत श्रमिकहरुसँग छलफल गरि १० सदस्यीय इकाइ गठन गरेको छ ।

महासंघको इकाइ कमिटीमा अध्यक्ष लक्ष्मण मगरसहित उपाध्यक्ष भिम तामाङ्ग , सचिवमा विजय मगर, कोषाध्यक्षमा ओम मगर रहेका छन् ।

नवगठित इकाई कमिटीका पदाधिकारी र सदस्यहरुलाई अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष बिनोद थापाले प्रशिक्षण दिएका थिए । कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष शिशिर थापासहित महासंघको बागमती प्रदेश अन्तर्गत उपत्यका विशेष क्षेत्र र पेशागत घटक संघ सम्बद्ध अन्य अभियान दलका केन्द्रीय सदयहरुको उपस्थिति रहेको थियो । यसरी श्रमिक जागरण अभियान क्रममा महासंघले उपत्यकाका विभिन्न स्थानहरुमा श्रमिकहरुसँग सम्पर्क, छलफल पर्चा वितरण गरि संगठन निर्माण कार्यक्रमलाई तिब्रता दिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :