अखिल (क्रान्तिकारी) र अनेमसङ्घ क्रान्तिकारीको भेला सम्पन्न

अखिल (क्रान्तिकारी) र अनेमसङ्घ क्रान्तिकारीको भेला सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) र अनेमसङ्घ क्रान्तिकारीको संयुक्त आयोजनामा दाङको राजपुरमा भेला सम्पन्न भएको छ ।

संयुक्त भेलाले सुष्मा परियारको अध्यक्षतामा १३ सदस्यीय अनेरास्ववियु (क्रान्तिकारी) राजपुर गाउँ कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा सरोज चौधरी, सचिवमा शंकर यादव, सह–सचिवमा बर्षा बुढाथोकी र कोषाध्यक्षमा आशिष यादव चयन भएका हुन् । यस्तै भेलाले भुमा महराको अध्यक्षतामा १५ सदस्यीय अनेमसङ्घ क्रान्तिकारी राजपुर गाउँ कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा गिता यादव, सचिवमा साबित्रा बिक र कोषाध्यक्षमा सुनपती हरिजन चयन गरेको छ ।

नेकपा बिशेष कमिटी सदस्य सम्झनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा लमही नगर इन्चार्ज जनक, नेकपा राजपुर गाउँ कमिटी इन्चार्ज उज्वल, नेकपा गढवा इन्चार्ज महान, अखिल (क्रान्तिकारी) का केन्द्रीय समिति सदस्य एवम् दाङका इन्चार्ज अमर, मधेसी मुक्ति मोर्चा, नेपाल दाङका संयोजक शुर्य यादव, नेकपा दाङ जिल्ला सल्लाहकार समिति सदस्य भिमबहादुर बुढाथोकी, नेकपा दाङ जिल्ला सदस्यद्वय हरिप्रसाद, रामप्रसाद, अखिल (क्रान्तिकारी) दाङका सचिवालय सदस्य रबिन, अखिल (क्रान्तिकारी) गढवा गाउँपालिका अध्यक्ष स्नेहाको आतिथ्य रहेको थियो ।

अनेमसङ्घ क्रान्तिकारी दाङ जिल्ला सदस्य भुमा महराको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अखिल (क्रान्तिकारी) दाङ जिल्ला सदस्य समताले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :