झापाका जनवर्गीय सङ्गठनको संयुक्त जिल्ला बैठक सम्पन्न

झापाका जनवर्गीय सङ्गठनको संयुक्त जिल्ला बैठक सम्पन्न

झापा : नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय सङ्गठनहरूको संयुक्त जिल्ला बैठक झापाको शिवसताक्षीमा सम्पन्न भएको छ ।

बैठकले जिल्लाका सबै नगर तथा पालिकाहरूमा सम्पूर्ण जनवर्गीय सङ्गठनहरू दुई महिनाभित्र विस्तार गर्ने, एक सङ्गठन एक उत्पादनको मुल नारालाई आत्मसात गर्दै हरेक पालिकामा उत्पादनलाई जोड दिनेलगायतका निर्णयहरू भएको नेकपा झापाका सचिव प्रशान्त थापाले जानकारी दिए ।

पार्टीका जिल्ला सचिव प्रशान्त थापाको अध्यक्षता एवम् पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुमन लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न संयुक्त बैठकको सञ्चालन जिल्ला कार्यालय सचिव सञ्जय राईले गरेका थिए ।

संयुक्त बैठकमा विद्यार्थी सङ्गठन, युवा सङ्गठन, मजदुर सङ्गठन, श्रमिक समुदाय, महिला सङ्गठन, लिम्बुवान मुक्ति मोर्चालगायत सम्पूर्ण जनवर्गीय सङ्गठनका जिल्ला इन्चार्ज तथा संयोजकहरूको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :