महासचिव विप्लवद्वारा असौजी पुनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

महासचिव विप्लवद्वारा असौजी पुनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले दशबर्षे जनयुद्धका महान् सहिद दिल कुमार पुन ‘ज्वार’ की आमा असौजी पुनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । महासचिव विप्लवले सोमबार शोक वक्तव्यमार्फत थवाङ गाउँपालिका ४ थर्पु निवासी ८६ बर्षीय असौजी पुनको भएको निधनले हामीलाई दुःखी बनाएको भन्दै आमा असौजी पुनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् । साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

शोक वक्तव्यमा भनिएको छ, ‘दशबर्षे जनयुद्धका महान् सहिद कमरेड दिल कुमार पुन ‘ज्वार’ की आमा थवाङ गाउँपालिका ४ थर्पु निवासी ८६ बर्षीय असौजी पुनको २०७८ मङ्सिर २७ गते बिहान तीन बजे भएको निधनले हामीलाई दुःखी बनाएको छ । आमा असौजी पुनप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।’ शोक वक्तव्यको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :