केन्द्रीय मानवधिकार तथा कानुन विभाग विशेष समितिको बैठक सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय मानवाधिकार तथा कानुन विभाग विशेष जिल्ला समितिको बैठक सम्पन्न भएको छ । सेक्रेटरी विराजको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा सहभागीहरूले कानुनी सङ्घर्षका क्रममा भएका उपलब्धी, अनुभूति, वर्तमान सर्वाेच्च अदालतका सङ्घर्ष र पार्टीलाई महत्वपूर्ण सुझाव प्रस्तुत गरेका थिए ।

बैठकमा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा केन्द्रीय मानवाधिकार तथा कानुन विभागका इन्चार्ज प्रज्वलनले कानुनी सङ्घर्षमा विभाग तथा विशेष जिल्लाले गरेको महत्वपूर्ण योगदान र सबै सहयोगी महानुभावहरूप्रति पार्टीको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए । उनले वर्तमान सर्वाेच्च अदालतको दुर्गति र समग्र न्याय क्षेत्रमा भएको भ्रष्टाचार र विकृतिको जड नै वर्तमान संसदीय व्यवस्था भएको उल्लेख गर्दै अहिलेको न्याय प्रणाली केवल कागजी न्याय प्रणाली रहेकाले, पैसा र पहुँचवालाको बोलवाल व्याप्त भएको यो व्यवस्थामा वास्तविक पीडितहरूले न्याय पाउन नसक्ने बताए । उनले वास्तविक न्यायका लागि वैज्ञानिक समाजवादी कानुन र न्याय प्रणाली अनिवार्य रहेको बताउँदै त्यसका लागि सङ्घर्षमा अघि बढ्न आग्रह गरे । तीनबुँदे सहमतिप्रति सरकार इमान्दार नभएकोले आपना नेता कार्यकर्ताहरू अझैँ जेलमा बन्दी भएको भन्दै उनले यो सबैको सरोकारको विषय बन्नुपर्ने र गम्भीरता पूर्वक आवाज उठाउनु पर्ने बताए ।

बैठकले न्यायिक क्षेत्रमा भएका विकृति विसङ्गतिहरूका विरुद्ध थप सङ्घर्ष र नेपालको विद्यमान कानुनमा भएका कमजोरी एवम् समाधानका लागि वैकल्पिक कानुनी प्रावधान र विधिबारे बहस सञ्चालन गर्ने लगायत विभिन्न निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :