वैज्ञानिक समाजवादी चेतना फैलाउँदै जनएकता अभियान

वैज्ञानिक समाजवादी चेतना फैलाउँदै जनएकता अभियान

बर्दिया : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको जनएकता अभियानले जनतामा वैज्ञानिक समाजवादी चेतना फैलाउन थालेको छ । अहिलेको दलाल संसदीय व्यवस्था पूर्ण रुपमा असफल भएको र त्यसको ठाउँमा जनमतसङ्ग्रहबाट वैज्ञानिक समाजवादमा जानुपर्ने भन्दै अभियानले जनचेतना फैलाउन थालेको हो ।

वैज्ञानिक समाजवादका लागि जनमत, जनमतसङ्ग्रहका लागि जनएकता अभियान भन्ने मुल नाराका साथ मङ्गलबारबाट सञ्चालन गरेको अभियानले जनभेटघाट तथा अन्तरक्रिया गरेको छ । नेकपाले बुधबार बढैयाताल गाउँपालिकाको वाडा नं. ६ मा जनतासँगको भेटघाटमा वैज्ञानिक समाजवाद र जनमतसङ्ग्रहको बिषयमा छलफल गरेको छ । छलफलमा जनताको सबैभन्दा उत्कृष्ट प्रजातान्त्रिक र लोकतान्त्रिक विधि भनेको जनमतसङ्ग्रहको चुनाव भएकाले त्यसबाट आफ्नो व्यवस्थाको फैसला आफैँ गर्ने अधिकार जनतालाई दिनुपर्ने बताइएको छ ।

अभियान टिमका प्रमुख शितलले जनमतसङ्ग्रह नै अहिलेको सङ्कटको उच्चतम् निकास भएको प्रष्ट्याएका थिए । यस्तै बढैयाताल गाउँपालिका इन्चार्ज राजेन्द्रले स्थानीय तहदेखि नै जनता जागरुक हुनुपर्ने बताए ।

छलफलमा सहिद तथा बेपत्ता परिवारका जिल्ला संयोजक राजन, पार्टी जिल्ला सदस्य टाइगर, सुहाना र अनिसाले पनि वैज्ञानिक समाजावाद विना जनताको जीवनस्तर परिवर्तन नहुने बिचार ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :