एमसीसीविरुद्ध सङ्घर्षका कार्यक्रमलाई प्रभावकारी बनाउन जनवर्गीय सङ्गठनको अपिल

एमसीसीविरुद्ध सङ्घर्षका कार्यक्रमलाई प्रभावकारी बनाउन जनवर्गीय सङ्गठनको अपिल

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको एमसीसी विरुद्धको सङ्घर्षका कार्यक्रमहरूलाई समर्थन गर्दै १६ वटा जनवर्गीय सङ्गठनहरूले आन्दोलनलाई प्रभावकारी बनाउन सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरूलाई हार्दिक अपिल गरेका छन् । नेकपा निकट १६ वटा जनवर्गीय सङ्गठनहरूले संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गर्दै एमसीसीविरुद्ध संयुक्त सङ्घर्षका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन अपिल गरेका हुन् ।

सङ्घर्षका कार्यक्रमहरूमा मङ्सिर २७ गते एमसीसीको काठमाडौँस्थित एसीए कार्यालय घेराउ, मङ्सिर २८ गते संसद भवन घेराउ, मङ्सिर २४ देखि २६ गतेसम्म प्रचार–प्रसार तथा विरोध जुलुस लगायत थप सङ्घर्षको कार्यक्रम आगामी परिस्थितिलाई हेरी तय गरिने विज्ञप्तिमा उल्लेख छ । एमसीसीविरूद्ध संयुक्त प्रेस विज्ञप्तिको पूर्णपाठ…..

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :