उदयपुरमा पनि विद्यार्थी जागरण अभियान उद्घाटन

उदयपुरमा पनि विद्यार्थी जागरण अभियान उद्घाटन

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) १ नं. प्रदेश समितिले विद्यार्थी जागरण अभियान २०७८ उद्घाटन गरेको छ । बुधबार उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पस, मोतिगडामा उद्घाटन गरेको हो ।

“वैज्ञानिक समाजवादी व्यवस्था र वैज्ञानिक शिक्षाको लागि जनमतसङ्ग्रह” भन्ने मुल नाराको साथमा विद्यार्थी जनजागरण अभियान उद्घाटन गरेको प्रदेश संयोजक पुष्पले बताए । अभियान उद्घाटनका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले अब जनताले नलडि वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त गर्ने बाटो जनमतसङ्ग्रहमा सहभागी हुनुपर्ने बताए । उनले अहिलेको राज्य व्यवस्था जनता चुस्ने र लुट्ने भएको समेत जिकिर गरे ।

त्यसैगरी अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनका केन्द्रीय महासचिव मिलन राईले विद्यार्थीहरूको साझा सङ्गठन अखिल क्रान्तिकारी मात्रै भएको र यसले मात्रै विद्यार्थीको समस्याको समाधान गर्न सक्छ भन्दै सम्पूर्ण विद्यार्थी साथीहरूलाई अभियानमा जोदिनको लागि अपिल गरे ।

उद्घाटनमा अतिथि नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज विवेक कुमाल, उदयपुर सेक्रेटरी लक्ष्मण पौड्याल, कार्यालय सचिव दुर्गा तामाङ र १ नम्बर प्रदेशका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :