सिन्धुपाल्चोकमा विद्यार्थी जागरण अभियान सञ्चालन

सिन्धुपाल्चोकमा विद्यार्थी जागरण अभियान सञ्चालन

सिन्धुपाल्चोक : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह” भन्ने मुल नाराका साथ विद्यार्थी जागरण अभियान २०७८ सिन्धुपाल्चोकमा सुरु गरेको छ । सोही अभियानको क्रममा जिल्लाको इन्द्रावती गाउँपालिका –५ नवलपुर मा.वि.मा सन्जु तामाङको अध्यक्षतामा ५५ सदस्यी मुल इकाई कमिटी गठन गरिएको हो ।

सो अभियानकै क्रममा विद्यालयमा भएको शौचालय असुविधा (जसमा छात्राहरू बढी पीडित रहेको) र दुर्गन्धित बिषयमा छलफल गरि त्यसको समाधानको लागि विद्यालय प्रधानाध्यापक ज्यूलाई अखिल (क्रान्तिकारी) नवपुर मा.वि मुल इकाई कमिटीको तर्फबाट ज्ञापनपत्र बुझाइएको र तत्कालै विद्यालयमा देखिएका अन्य समस्याहरूको निकारण गर्नसमेत ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :