महासचिव विप्लवलाई सुनसरीका व्यवसायीहरूले स्वागत गरे

महासचिव विप्लवलाई सुनसरीका व्यवसायीहरूले स्वागत गरे

सुनसरी : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई उद्योग बाणिज्य सङ्घ र धरान भेडेटारका पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् । बिहीबार सुनसरी जिल्लाको नेपाल बुटीक होटेलमा उद्योग बाणिज्य सङ्घ सुनसरी, पर्यटन एसोसियसन भेडेटारका प्रतिनिधिहरू गिरीधारी सापकोटा, विष्णुराज श्रेष्ठ, नविनराज भण्डारीलगायतले महासचिव विप्लवलाई स्वागत गरेका हुन् ।

उक्त भेटमा सुनसरी उद्योग बाणिज्य सङ्घका अध्यक्ष गिरिधारीलाल सापकोटाले नेपालमा उद्योग र पर्यटनमा दलालीकरण बढेको त्यसको कारण राजनीतिक सत्ताको अस्थिरता नै रहेको राजनीति धमिलिएको अबस्थामा तपाइहरूको पार्टीमा बिस्वास जागेको बताए । साथै पर्यटन व्यवसायीहरूले पर्यटन भित्रका चुनौती र समस्यहरू राखेका थिए ।

स्वागत ग्रहण गर्दै महासचिव विप्लवले आज देखिएका समस्या व्यवस्थाको समस्या हो, यी समस्याहरूको समाधान समाजवादले मात्र गर्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :