अखिल (क्रान्तिकारी) दाङले बुझायो सिडियोलाई ज्ञापनपत्र

अखिल (क्रान्तिकारी) दाङले बुझायो सिडियोलाई ज्ञापनपत्र

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

सङ्गठनका जिल्ला अध्यक्ष एवम् इन्चार्ज अमर खड्काद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५% भाडा छुट तत्काल कार्यान्वयन गर्न माग गरिएको छ । यस्तै ज्ञापनपत्रमा भनिएको छ, “विद्यार्थी सङ्गठनको आन्दोलनको आलोकमा स्थापित सार्वजनिक यातायातमा ४५% भाडा छुटको व्यवस्था कडाइँका साथ तत्काल कार्यान्वयन गर्न माग गर्दछौँ ।”

ज्ञापनपत्रमा देशको राजधानीमा मात्रै सम्झौता कार्यान्वयन हुनुले राजधानी बाहिरका तमाम विद्यार्थीहरू मारमा परिरहेको उल्लेख छ । भौगोलिक, सांस्कृतिक, शैक्षिक लगायतका क्षेत्रमा विकसित भनिएको दाङ जिल्लामा नै विद्यार्थीहरूलाई सहुलियत नहुनु लज्जास्पद र गम्भीर कुरा भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सम्झौता कार्यान्वयनको सकारात्मक अपेक्षा राख्दै अन्यथा आन्दोलनको सिर्जना हुने कुरा ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रको पुर्णपाठ …

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :