नेकपा दैलेखद्वारा नगर समितिको बैठक तथा प्रशिक्षण सम्पन्न

नेकपा दैलेखद्वारा नगर समितिको बैठक तथा प्रशिक्षण सम्पन्न

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेख जिल्ला अन्तरगत आठविस नगर समिति वडा नं. १ को बैठक तथा प्रशिक्षण सोमबार सम्पन्न भएको छ ।

आठविस नगरपालिका बडा नं. १ सात्ताला खम्मडाँडामा भएको कार्यक्रममा नेकपा दैलेख जिल्ला सेक्रेटरी दिपेन्द्रले संसदीय व्यवस्थाले नेपाली जनताका समस्या समाधान गर्नुको सट्टा झन् जनतालाई शोषण, दमन र अन्याय गरेको बताए । उनले यो संसदीय व्यवस्था जनताको व्यवस्था नभएको कुरामा जोड दिँदै वैज्ञानिक समाजवादी व्यवस्थाका लागि आफूहरू निरन्तर लागिरहेको बताए । केपी नेतृत्वको दुई तिहाईको सरकार असफल हुनु, नेकपा बिभाजन हुनु, व्यवस्थापिका दुई पटक बिघटन हुनु र अदालतमा बिवाद हुनुले नेपालमा संसदीय व्यवस्था र पार्टीहरू पूर्ण रुपमा असफल भएर देशमा राजनीतिक सङ्कट देखिएकोले यो सङ्कटको समाधान गर्न जनतालाई व्यवस्था रोज्न दिने जनमतसङ्ग्रह चुनाव हुनुपर्ने सेक्रेटरी दिपेन्द्रले बताए ।

सन्दीपको अध्यक्षतामा आठविस नगर समिति इन्चार्ज प्रकाश, अखिल (क्रान्तिकारी) केन्द्रीय समिति सदस्य सुद्रसन अतिथि रहेका थिए भने सञ्चालन लोगराजले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :