नेकपा अछामद्वारा बोगटीप्रति हार्दिक श्रद्धाञ्जली

नेकपा अछामद्वारा बोगटीप्रति हार्दिक श्रद्धाञ्जली

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले दस बर्षे जनयुद्धका महान सहिद टङ्क बोगटी ‘किरण’ की ममतामयी आमा अमृता देवी बोगटीको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । अछाम जिल्ला सचिव सङ्घर्षले शुक्रबार शोक वक्तव्यमार्फत जनयुद्धको क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अछामका प्रथम सहिद टङ्क बोगटी ‘किरण’ की ममतामयी आमा अछाम मङ्गलसेन नगरपालिका वडा नं. ३ लछिमना निवासी ७६ वर्षीय अमृता देवी बोगटीको भएको निधनले पार्टीलाई दुखित तुल्याएको भन्दै दुःखको यस घडिमा मृतक आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

शोक वक्तव्यमा भनिएको छ, ‘तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) अछाम जिल्ला समिति सदस्य, राजतन्त्रात्मक संसदीय व्यवस्थाको अन्त्य र नौलो जनवादी राज्य व्यावस्था स्थापनार्थ सञ्चालित महान १० वर्षीय जनयुद्धको क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अछामका प्रथम सहिद टङ्क बोगटी क. ‘किरण’ की ममतामयी आमा अछाम मङ्गलसेन नगरपालिका वडा नं. ३ लछिमना निवासी ७६ बर्षीय अमृता देवी बोगटीको २०७८ मङ्सिर १७ गते बिहान ९ः४५ बजे भएको निधनले हामीलाई दुखित तुल्याएको छ । दुःखको यस घडिमा मृतक आमाप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :