महासचिव विप्लवद्वारा सुनसरीमा राजनीतिक बन्दी तथा बन्दी परिवारहरुसँग भेटघाट

महासचिव विप्लवद्वारा सुनसरीमा राजनीतिक बन्दी तथा बन्दी परिवारहरुसँग भेटघाट

नेपाल कम्युनिष्ट पार्टीको महासचिव विप्लवले आस्थाका बन्दीका रुपमा विगत तीन वर्षदेखि जेल जीवन बिताइरहेका राजनीतिक बन्दीहरुसँग भेटघाट गरेका छन् । क्षेत्रीय कारागार झुम्का सुनसरी कारागारमा रहेका देवकुमार लिम्बु संगित, भोजपुरका बम विष्ट र सुमित परियार, महोत्तरीका राजन बस्नेतलाई भेटघाट गरेका हुन् । कारागार परिसर झुम्कामा भेटघाटका क्रममा त्यहाँ सबै जनाको स्वास्थ्य स्थिति र अन्य विषयवस्तुको बारेमा जानकारी लिनुका साथै वर्तमान समसामयिक राजनैतिक विषयवस्तुको बारेमा जानकारी गराएका थिए । आज बिहान मात्रै विभिन्न कारागारमा रहेका नेताकार्यकर्ताहरुको परिवारजनलाई पनि इटहरीस्थित नेपाल कम्युनिष्ट पार्टी सुनसरीको कार्यालयमा भेटघाट गरेका छन् ।

उक्त भेटमा विराटनगर कारागारमा रहेका डिबी सिलवालकी श्रीमती चिना सिलवाल, कुमार खतिवडाका भाई भुवन खतिवडा, बालकुमार डाँगीका श्रीमती विष्णु डाँगी, त्यसैगरी झुम्का कारागारमा रहेका देवकुमार लिम्बु संगीतकी श्रीमती मुना थापा, संखुवासभा कारागारमा रहेका देव गुरुङकी श्रीमती मिना दनुवार, सन्तोष तामाङकी श्रीमती सुशिला तामाङ साथै भिमफेदी कारागारमा रहेका दिपक विष्टको बहिनी देविका विष्टसँग भेटघाट तथा छलफल गरेका छन् ।

छलफलमा सरकारसँग गरिएको तीन बुँदे समझदारी अनुरुप इमान्दारितापूर्वक कार्य सम्पादन गर्न सरकारले तदारुकता नदेखाएको कारण अहिलेसम्म साथीहरु बन्दी जीवन बिताउन बाध्य हुनुपरेको भन्दै समझदारी कार्यन्वयन गर्न पटक पटक दबाब तथा सुझाव दिइरहेको पनि जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :