महासचिव विप्लवद्वारा अमृता देवी बोगटीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

महासचिव विप्लवद्वारा अमृता देवी बोगटीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अछाम जिल्लाका प्रथम सहिद टङ्क बोगटी ‘किरण’ की ममतामयी आमा अमृता देवी बोगटीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । महासचिव विप्लवले शुक्रबार शोक वक्तव्य जारी गर्दै महान् जनयुद्धको अछाम जिल्लाकै पहिलो सहिद किरणकी ममतामयी आमा अछामको मङ्गलसेन नगरपालिका वडा नं. ३ लछिमना निवासी अमृता देवी बोगटीको निधन भएकोमा पार्टी दुःखी भएको भन्दै मृतक आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् । साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अछाम जिल्लाका प्रथम सहिद कमरेड टङ्क बोगटी ‘किरण’ की ममतामयी आमा अछामको मङ्गलसेन नगरपालिका वडा नं. ३ लछिमना निवासी अमृता देवी बोगटीको २०७८ मङ्सिर १७ गते बिहान ९ः४५ बजे शुक्रबारको दिन ७६ बर्षको उमेरमा निधन भएको खबरले हामी दुखित भएका छौँ । दुःखको यस घडिमा मृतक आमाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’ शोक वक्तव्यको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :