अखिल (क्रान्तिकारी) काभ्रेद्वारा विद्यार्थी जागरण अभियान सुरु

अखिल (क्रान्तिकारी) काभ्रेद्वारा विद्यार्थी जागरण अभियान  सुरु

अखिल (क्रान्तिकारी) काभ्रेले `वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसंग्रह` विषयक विद्यार्थी जागरण अभियान -२०७८ सुरु गरेको छ ।
बाग्मती प्रदेशको पूर्वी क्षेत्र चैतन्य क्याम्पस, बनेपामा शुक्रबार अभियानको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज आधार, विशेष अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष नरेन्द्र
अतिथिहरु पार्टीका धुलिखेल नगर इन्चार्ज प्रेरक, बनेपा नगर इन्चार्ज प्रमोद, संगठनका केन्द्रीय सचिवालय सदस्य प्रकाश तिरुवा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन तथा अध्यक्षता अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज मिम बहादुर ऎडीले गरेका थिए ।

अभियानको उदेश्य सम्पूर्ण क्याम्पसहरुमा मूल इकाई कमिटी निर्माण गर्ने, संगठित सबैलाई ब्यवस्थित र क्रियाशिल गराउने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :