राष्ट्रिय उद्योग–वाणिज्य महासङ्घले एक महिने अभियान चलाउने

राष्ट्रिय उद्योग–वाणिज्य महासङ्घले एक महिने अभियान चलाउने

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय उद्योग–वाणिज्य महासङ्घको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बैठक नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’को प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भएको हो ।

ललितपुरस्थित कर्मचारी सञ्चय कोषको सभाकक्षमा सम्पन्न बैठकले देशको आर्थिक सङ्कट र समाधानको विषयमा अन्तरक्रिया गर्ने, सङ्गठनात्मक अभियान चलाउने निर्णय गरेको छ ।

नेकपाका वरिष्ठ केन्द्रीय सदस्य तथा सङ्गठनका फ्याक्सन इन्चार्ज अनिल शर्मा र प्रमुख अतिथिले प्रशिक्षण दिएको सो बैठक सङ्गठनका अध्यक्ष श्रीकृष्ण बस्नेतको अध्यक्षता र महासचिव योगेश बुढाथोकीको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :