सचिवालय सदस्य सुदर्शनले सहिद कुमार पौडेलको परिवारलाई भेटे

सचिवालय सदस्य सुदर्शनले सहिद कुमार पौडेलको परिवारलाई भेटे

सर्लाही : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले एकीकृत जनक्रान्तिका महान् सहिद तत्कालिन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको परिवारसँग भेटघाट गरेका छन् । सर्लाहीको नयाँरोड दरहरास्थित उहाँकै निवासमा सचिवालय सदस्य सुदर्शनलगायत युवा सङ्गठन नेपालका सचिवालय सदस्य तथा २ नम्बर प्रदेश इन्चार्ज बिचारमान थिङ, अखिल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका २ नम्बर प्रदेश इन्चार्ज पदम मगर ‘बिहानी’, युवा सङ्गठन नेपाल सर्लाही जिल्ला सदस्य रबि लामालगायतको उपस्थिति रहेको थियो ।

भेटघाटमा सहिद कुमार पौडेलका बुवा दुर्गराज पौडेलले मेरो छोरो राष्ट्रको लागि, देशको लागि, सुकुम्बासी जनताको अधिकारको लागि लड्दै गर्दा स्थानीय जनप्रतिनिधि भ्रष्टाचारी कमिसन खोरीहरूको योजनामा बिभत्स हत्या गरेको बताए । उनले हत्याराहरूलाई पार्टीले छानबिन गरि कारवाही गरिदिन आग्रहसमेत गरे ।

पौडेलले सर्लाही जिल्ला भ्रष्टाचारी, मिटर ब्याजीहरूको थलो रहेकोले कुमार पौडेलको हत्या पछाडी धेरै गरिब जनता मिटर ब्याजीहरूद्वारा लुटिरहेको र त्यसको कारवाही प्रक्रिया विप्लव नेकपाले गरिदिन अनुरोध गरे । उनले कुमार पौडेलको मुद्दाको छानबिन र कारवाही अनि सहिद परिवारको र सिङ्गो नागरिकको ग्यारेन्टी अब विप्लव नेकपाले मात्र गर्नसक्ने बताए । सहिद कुमार पौडेलका बुवा पौडेलले निरन्तर पार्टीलाई साथ दिने र सहिद परिवार पार्टीको साथमा रहेको बताए । उनले थप बढिएको भ्रष्टाचार, मिटर ब्याजीहरूका कारण धेरै जनता सुकुम्बासी भएको बताए ।

‘कुमार पौडेल सुकुम्बासी जनताको अधिकारको लागि लड्दै गर्दा सहिद भयो’ उनले भने, ‘अहिले सर्लाही जिल्लाको सुकुम्बासी बेसहारा रहेको र जनप्रतिनिधिहरूकै त्रासम रहनु परेको छ ।’ जवाफमा सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले हाम्रो पार्टी सिङ्गो देश र गरिब सुकुम्बासी जनताको पक्षमा रहेको बताए । उनले कुमार पौडेलको हत्याराहरूलाई एकीकृत जनक्रान्तिकै क्रममा पार्टीले पानी मूनि लुकेपनि नछाडिने बताए । सहिदको सपना खेर जान नदिने र कला पौडेलको सिउँदो पुछिनेहरूलाई छानबिन र कारवाही गरिने नेता सुदर्शनले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :