अखिल (क्रान्तिकारी) उदयपुरको नगर सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) उदयपुरको नगर सम्मेलन सम्पन्न

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) उदयपुरले कटारी नगरपालिकामा प्रथम नगर सम्मेलन भब्यताको साथ सम्पन्न गरेको छ । नगर सम्मेलनले निशान काट्वालको नेतृत्वमा १७ जना नगर सदस्य निर्माण गरेको छ ।

उद्घाटन समारोहका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य विवेक कुमालले देशमा विद्यमान राष्ट्रिय समस्याको बिषयमा बोल्दा आफूहरूमाथि प्रतिबन्ध लागेको बताए । उनले दलाल संसदीय व्यवस्थाका कारण देश गम्भीर सङ्कटमा परेको बताए । अबको विद्यमान सबै समस्या समाधान गर्न वैज्ञानिक समाजवादी व्यवस्था एक मात्र विकल्प रहेको कुरा स्पष्ट पार्दै युवा विद्यार्थीहरूलाई जस्तोसुकै चुनौती आईपरे पनि पछि नहट्न आहावान गर्दै उनले नयाँ आउने कमिटीलाई शुभकामनासमेत दिए ।

त्यस्तै अखिल (क्रान्तिकारी) विद्यार्थी सङ्गठनका केन्द्रीय महासचिव मिलन राईले शिक्षामा भएको दलालीकरण र भ्रष्टाचारलाई रोक्नको लागि अबको विकल्प भनेको वैज्ञानिक समाजवादी शिक्षा मात्रै भएको र यसको नेतृत्व अब अखिल (क्रान्तिकारी) ले मात्रै गर्न सक्ने बताए । कटारी नगरपालिका अन्तरगत नेबि सङ्घका नगर सदस्य दिपक कार्कीको नेतृत्वमा दर्जनौँ विद्यार्थी अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन् ।

अखिल क्रान्तिकारीका जिल्ला सचिव निशान कटवाल सभापति रहेको कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर ओखलढुङ्गा जिल्ला इन्चार्ज विवेक कुमाल थिए भने अखिल (क्रान्तिकारी) का केन्द्रीय महासचिव मिलन राई अतिथि रहेका थिए । उक्त कार्यक्रममा स्वागत मन्तव्य अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य देहज बिष्टले गरेका थिए र प्यानल प्रस्ताव अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य जानकी खत्रीले प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारी उदयपुरका जिल्ला सदस्य मनिश बराइलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :