अखिल (क्रान्तिकारी) द्वारा बर्दियामा पनि विद्यार्थी जागरण अभियान सुरु

अखिल (क्रान्तिकारी) द्वारा बर्दियामा पनि विद्यार्थी जागरण अभियान सुरु

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) बर्दियाले विद्यार्थी जागरण अभियान –२०७८ को उद्घाटन गरेको छ । “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह” मूल नाराका साथ सङ्गठनले देशैभरी अभियान चलाउने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने बहस अगाडि सारेको छ । सोही रणनीतिसहित नेकपाले आफ्ना कामकारवाही अगाडि बढाएको छ । सोही जनमतसङ्ग्रहको मुद्दालाई व्यापकता दिन र शिक्षा क्षेत्रका विकृति विसङ्गतिविरुद्ध सशक्त आन्दोलन अघि बढाउन अखिल (क्रान्तिकारी) बर्दियाले सङ्गठन अभियान सुरु गरेको छ ।

उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) का बर्दिया जिल्ला अध्यक्ष हरि प्याकुरेल, अखिल (क्रान्तिकारी) बर्दिया जिल्ला उपाध्यक्ष बलराम भण्डारीको उपस्थितिमा भएको हो । नेपाल राष्ट्रिय नमुना माबि ढोडरीमा अतभखत संकाय तर्फ मयराम न्यौपानेको अध्यक्षतामा ३७ सदस्यीय मुल इकाई कमिटीसमेत गठन गरेको हरि प्याकुरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :