विभिन्न महत्वपूर्ण निर्णय गर्दै नेपाल गणतान्त्रिक खेलकुद महासंघको बैठक सम्पन्न

विभिन्न महत्वपूर्ण निर्णय गर्दै नेपाल गणतान्त्रिक खेलकुद महासंघको बैठक सम्पन्न

नेपाल गणतान्त्रिक खेलकुद महासंघको केन्द्रीय आठौँ पूर्ण बैठक सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यतामा मंसिर १२ र १३ गते काठमाडौँमा बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।

बैठकले नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा यही मंसिर २२ गते खेलकुद क्षेत्र, खेलाडी र राष्ट्रिय स्वाधिनता विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौँको त्रिपुरेश्वरमा गर्ने निर्णय गरेको छ । त्यसैगरी महासंघकै आयोजनामा आगामी फागुन १,२, ३ र ४ गते वीरजङ्ग स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकमा सम्बोधन गर्दै पार्टीका प्रवक्ता प्रकाण्डले खेलकुद क्षेत्र बहुआयामिक भएकाले यसलाई वैज्ञानिक खेलकुद विकास गर्न महासंघलाई निर्देशन दिए । खेलकुद भित्रको विभिन्न समस्या, गलत चिज र बेतिथिका विरुद्ध मिसन आन्दोलन महासंघले गर्नुपर्ने बताए । पार्टी प्रवक्ता प्रकाण्डले सबै खेलाडीहरुको समस्याको समाधान वैज्ञानिक समाजवादी व्यवस्थामा हुने भएकाले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि नेपाल कम्युनिष्ट पार्टीले तय गरेको कार्यदिशा र कार्यनीतिमा सहभागी हुन सबै खेलाडीहरुलाई आग्रह गरे । स्वस्थ्य, सब्बल र बिरामी भएर उपचार नगर्ने बतावरण निर्माणका लागि पनि खेलकुद क्षेत्र महत्वपूर्ण भएकाले सबै जनता अनिवार्य खेलसँग जोडिनुपर्ने बताए ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा नेपाल गणतान्त्रिक खेलकुद महासंघका फ्याक्सन इन्चार्ज चिरण पुन मिलनले आज देशमा भ्रष्टाचारी, कमिसनखोरी, महङ्गी, हत्या, हिंसा, अन्याय फैलिएको भन्दै यसको समाधान वैज्ञानिक समाजवादी व्यवस्थाले गर्ने बताए ।

नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र बहादुर चन्दको अध्यक्षतामा भएको बसेको बैठकले त्यसैगरी बैठकले सात वटै प्रदेशमा महासंघको संगठन विस्तार गर्ने, राष्ट्रिय खेलकुद परिषदभित्र भएका अन्याय बेतिथिका विरुद्ध आवाज उठाउने, खेलाडी, खेलप्रेमि र खेल व्यवसायीहरुमा सबै विधागत खेलकुदमा नमिलेको विषयमा महासंघले पहल लिनुपर्ने र अहिले कुनै पनि सरकारी निकायका संघ परिषदभित्र महासंघ नजाने निर्णय गरेको छ । बैठकको सञ्चालन महासंघका महासचिव विनोद चन्दले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :