मङ्सिर ८ गते

कविता

आमाको आँसु र बाबाको आशीर्वादले घर छोडेको दिन
मेरी आमाले किनिदिएको कमिज छोडेर हरियो ड्रेसमा सजिएको दिन
चिलाउने र सालको हा“गा काटेर बन्दुकको डमी बनाई बन्दुक चलाउन सिकेको दिन ।
फाटेको कालो टोपी झिकेर रातो तारा भएको हरियो क्याप शिरमा सजाएको दिन ।
हिलो उछिट्याउने प्याटप्याटे हात्तीछाप चप्पल छोडेर गोल्डस्टार जुत्ताले मलाई चिटिक्क सुहाएको दिन
झुपडीका छोरीहरूले असमानताका विरुद्ध हँसिया र डोको फ्याँकेर बमबारुदको झोला र राइफल उचालेको दिन ।
कोदालो र बन्चरो बनाउने सेते दाइले पेस्तोल बनाउने घोषणा गरेको दिन ।
घरमा कपडा सिलाउने कल बोकेर महाभारतको जङ्गलमा बसी मैते दाइले लालसेनाको बर्दी सिलाउन सुरु गरेको दिन ।
दुस्मनका घर–क्याम्पहरूमा हलचल र रुवाबासी सुरु भएको दिन ।

खोइ आज

मैते दाइ लालसेना मार्न आदेश दिनेहरूको बर्दी सिलाउन व्यस्त छन् रे ।
सेते दाइलाई भूmटो मुद्दा लगाएर जेलमा सडाएका छन् रे ।
दिदीबहिनीहरू चर्किएको घरमा फर्किएर टालटुल गर्न भ्याइनभ्याई छन् रे ।
आमाबाबाले मुक्तियुद्ध हारेर आएको भन्दै छोरालाई घरमा बस्न दिएनन् रे ।
त्यसैले
हरियो ड्रेस र रातो क्याप लगाएकाहरू साउदी, कतार र मलायामा भेडा चराउन पुगेका छन् ।
कुनैकुनै नेताहरू सिंहदरबार र बालुवाटारको कुनाकाप्चाको होटेलमा मुसाजस्तो देखिने च्बत च्यबकत र ध्ष्लभ मा व्यस्त छन् ।

त्यसैले

यता विप्लवहरू चर्किएको घर भत्काएर जगैदेखि नया“ बनाउन
गोल्डस्टार र हात्तीछाप चप्पलको आफ्नै देशमा उत्पादन बढाउन
साल र चिलाउनेको हा“गाजस्तै सिङ्गो देशलाई हरियाली बनाउन
सेते दाइ र मैते दाइको सीपलाई आफ्नै देशमा लागू गर्न
रातो तारावाला क्यापमा लागेको धुलो टकटक्याउँदैछन् ।
मैते दाइलाई खोजेर फेरि आफ्नै बर्दी सिलाउन दिने निर्णय गर्दैछन् ।
सेते दाइलाई जेलमुक्त गराएर उनको सीपको झन् विकास गर्नेबारे कुराकानी हु“दैछन् ।
त्यसैले बोलाऊ तिम्री जीवनसँगिनीलाई
अनि दाजुभाइ र आफन्तलाई ।
किनकि हामीले मङ्सिर ८ गतेलाई झन् विकास गर्नु छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :